मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

"जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” डुडुवामा तयारी बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

बाँके । नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव पार्दै माओवादीको महत्त्व र माओवादीले बोकेका एजेन्डा जनता माझ राख्न पाउने सुनौलो अवसर प्रदान गरेको छ ।

यहीँ अभियानलाई निरंतरता दिदै शुक्रबार बाँकेको डुडुवा गाउँपालिकामा तयारी बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवं अभियानका डुडुवा इन्चार्ज नबिन शर्मा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा कमिटिका अध्यक्षहरुले रिपोर्टिङ गदै ३ महिने अभियानलाई सफल पार्ने बताएका थिए । भदौ १६ गते देखि ६ वटै वडाहरुबाट अभियान सुरु गरिने माओवादी केन्द्रका नेता एवं इन्चार्ज नबिनले बताए ।

बैठकमा बोल्ने वक्ताहरुले माओवादीको नेतृत्वमा देशमा ठुला–ठुला क्रान्ति सफल हुनुका साथै जनताको जिवनशैलीमा आमूल परिवर्तन लिएको बताएका थिए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान सुरुवात गरेको उल्लेख गर्दै यस अभियानलाई सबैले साथ दिनु पर्ने उनिहरुको भनाई थियो । डुडुवा गाउँपालिका वडा नं  २ कमिटिका अध्यक्ष फकिर मोहम्मद खाँको अध्यक्षतामा बैठक सम्पन्न भएको सुरेन्द्र शाहले बताए ।

डुडुवाको सबै वडामा ३ महिने अभियानको आवश्यक तयारी पुरा भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवं डुडुवाका इन्चार्ज नबिन शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार