मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

नरैनापुरमा प्रशासनिक संकट गहिरिँदै, नागरिकको आवाज बुलन्द

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयविरुद्ध स्थानीय नागरिक समाज, जेन्सी युवाहरू तथा सरोकारवालाले आज (आइतबार) प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्।

ज्ञापनपत्रमा विकास, प्रशासनिक सेवा र सामाजिक क्षेत्रका गतिविधिमा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग तथा कर्मचारीबीचको निरन्तर विवादले सेवा–प्रवाह नै बिग्रिएको उल्लेख गरिएको छ।

विशेषतः गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरण जस्तो विषयमा मनपरी र अपारदर्शी खर्च भएको आरोप पनि स्पष्ट रूपमा राखिएको छ। स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन राख्दै अनावश्यक करार नियुक्ति गर्ने, आफन्तलाई प्राथमिकता दिने र कार्यालय समयमै जनसेवा उपेक्षा गर्ने प्रवृत्तिबाट जनआक्रोश बढिरहेको जेन्सीहरूको भनाइ छ।

नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय सरकार नागरिकप्रति नैतिक, पारदर्शी र जवाफदेही हुनुपर्नेमा हालको प्रशासनिक उदासीनताले सुशासनको आधारभूत सिद्धान्त कमजोर परेको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार, कमजोर नियमन र नेतृत्वहीनताकै कारण पालिकाभित्र अराजकता चरममा पुगेको छ।

विद्यालय व्यवस्थापन समिति नबन्नु, विषयगत शिक्षक अभाव, शिक्षकहरूको सामाजिक सञ्जालमार्फत राजनीतिक क्रियाकलाप, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने गतिविधि तथा अनुगमन कमजोर हुँदा अभिभावक झन् आक्रोशित बनेका छन्। शिक्षामा गुणस्तर खस्किँदै गएको उनीहरूको दाबी छ।

ज्ञापन–पत्र बुझाउँदै नागरिक समाजका अगुवा गुफरान अली शाहले भने,“हामी कसैप्रति द्वेष राखेर होइन, नरैनापुरमा सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न दबाब दिँदैछौँ। पालिकाको वर्तमान अभ्यासले जनविश्वासमा ठूलो चोट पुगेको छ।”

ज्ञापनपत्रमा आन्दोलन रोक्न आसेपासे परिचालन गर्ने, विभाजन सिर्जना गर्ने वा भौतिक क्षति पुर्‍याउने प्रयास भए त्यसका सबै परिणामको जिम्मेवारी प्रशासनले नै लिनुपर्ने चेतावनी दिइएको छ।

उपस्थित समूहले माग तुरुन्त सम्बोधन नभए मंसिर २४ र २५ गते कालोपट्टीसहित २ घण्टा शान्तिपूर्ण धर्ना दिने तथा सोही म्यादभित्र प्रतिक्रिया नआए मंसिर २६ गतेबाट गाउँपालिका र वडा कार्यालय ‘कब्जा’ गर्ने घोषणा गरेको छ।

ज्ञापनपत्र बुझदै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जेन्सी पुस्ताले उठाएका मागहरू नागरिक–मैत्री रहेको बताएका छन्। केही मुद्दाहरू पहिले नै समाधान भइसके पनि सूचना नपुगेको हुन सक्ने उनले बताए।

वलीले आफ्नो स्तरबाट तत्काल सम्हालिने मागहरू कार्यान्वयन गर्ने तथा बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाए। आन्दोलन भए पनि सेवा–प्रवाह नअड्काइदिन आग्रह पनि गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण केसी, नमूना गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको सहभागिता थियो।

मागपत्र प्रधानमन्त्री, गृह मन्त्री, सामान्य प्रशासन मन्त्री, शिक्षा मन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोदार्थ पठाइएको जेन्सी युवाहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार