मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

अविरल वर्षाका बिच पनि धुमधामका साथ इद मनाइयो

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

बाँके । अविरल रूपमा परेको वर्षाले नेपालगञ्जमा मुस्लिम समुदायको महान पर्व इद–उल–फित्रको सामूहिक नमाज प्रभावित भएको छ।

हरेक वर्ष झैं नेपालगञ्ज क्षेत्रका मुस्लिम समुदाय इदगाह (विपी चोक) मा भेला भई सामूहिक नमाज अदा गर्ने परम्परा रहेपनि यस वर्ष बिहानैदेखि परेको वर्षाका कारण सो कार्यक्रम प्रभावित बनेको हो। वर्षाका कारण इदगाहमा न्यून उपस्थितिमा मात्र नमाज अदा गरिएको स्थानीयवासीले बताएका छन्।

वर्षा नरोकिएपछि धर्मगुरुहरूले दिउँसो विभिन्न मस्जिदहरूमा वैकल्पिक रूपमा सामूहिक नमाज अदा गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

शनिबार देशभर मुस्लिम समुदायले विशेष नमाज अदा गर्दै इद–उल–फित्र पर्व श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्। इदको अवसरमा आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने परम्परा रहेको छ। साथै, आफन्तजनलाई सेवइ, खजुर लगायतका मिठा परिकार खुवाउने चलन पनि रहेको छ।

यो पर्वको मुख्य विशेषता भनेको गरिब तथा विपन्नलाई ‘जकात’ दान गर्नु हो, जसका कारण यसलाई इद–उल–फित्र भनिन्छ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्त्यमा चन्द्रमा देखिएपछि एक महिनासम्मको रोजा (व्रत) समाप्त गरी इद मनाउने गरिन्छ। रोजापछि आउने पहिलो चाँदको खुसी साटासाट गर्दै मनाइने यस पर्वले दया, सहयोग र भाइचाराको सन्देश दिने गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार