मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

अविरल वर्षाका बिच पनि धुमधामका साथ इद मनाइयो

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

बाँके । अविरल रूपमा परेको वर्षाले नेपालगञ्जमा मुस्लिम समुदायको महान पर्व इद–उल–फित्रको सामूहिक नमाज प्रभावित भएको छ।

हरेक वर्ष झैं नेपालगञ्ज क्षेत्रका मुस्लिम समुदाय इदगाह (विपी चोक) मा भेला भई सामूहिक नमाज अदा गर्ने परम्परा रहेपनि यस वर्ष बिहानैदेखि परेको वर्षाका कारण सो कार्यक्रम प्रभावित बनेको हो। वर्षाका कारण इदगाहमा न्यून उपस्थितिमा मात्र नमाज अदा गरिएको स्थानीयवासीले बताएका छन्।

वर्षा नरोकिएपछि धर्मगुरुहरूले दिउँसो विभिन्न मस्जिदहरूमा वैकल्पिक रूपमा सामूहिक नमाज अदा गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

शनिबार देशभर मुस्लिम समुदायले विशेष नमाज अदा गर्दै इद–उल–फित्र पर्व श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्। इदको अवसरमा आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने तथा सानालाई आशीर्वाद दिने परम्परा रहेको छ। साथै, आफन्तजनलाई सेवइ, खजुर लगायतका मिठा परिकार खुवाउने चलन पनि रहेको छ।

यो पर्वको मुख्य विशेषता भनेको गरिब तथा विपन्नलाई ‘जकात’ दान गर्नु हो, जसका कारण यसलाई इद–उल–फित्र भनिन्छ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्त्यमा चन्द्रमा देखिएपछि एक महिनासम्मको रोजा (व्रत) समाप्त गरी इद मनाउने गरिन्छ। रोजापछि आउने पहिलो चाँदको खुसी साटासाट गर्दै मनाइने यस पर्वले दया, सहयोग र भाइचाराको सन्देश दिने गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार