मुख्य समाचार
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त |

प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार गर्दैनन् - प्रचण्ड

यूथ टुडे समाचारदाता 3560+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ।

माओवादी केन्द्र हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तर्गत बिहीबार नेपालगन्जमा आयोजना गरिएको बृहत्त नागरिक संवाद कार्यकममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले प्रतिगमनले फेरि टाउको उठाउन खोजेको जनाउँदै नेपाली जनताका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने दाबी गर्नुभयो।

उहाँले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलको कमीकमजोरीले गर्दा जनतामा निराशा उत्पन्न भएको स्वीकार गर्दै त्यसको अर्थ नेपाली जनताले नक्कली राजालाई फिर्ता ल्याउन चाहेको नभएको प्रष्ट पार्नुभयो।

माओवादी केन्द्रले देशको वर्तमान अवस्था र जनताको मनोविज्ञान तथा चाहनाको गम्भीर समीक्षा गरेर आफूलाई सच्याउने प्रणका साथ जनताका अगाडि आएर आत्मआलोचना गर्दै उनीहरुको गुनासो सुन्ने काम सुरु गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले अवस्थाको गम्भीरतालाई राम्ररी बुझेका छौं, सोही कारणले जनतासँग जोडिन र उनीहरुको सुझाव सल्लाह लिन तराई मधेश जागरण अभियान सुरु गरेका हौं ।’ 

राजावादीको नाममा लुट मच्चाउन पल्केकाले धमिलो पानीमा माछा मार्न खोजेको जनाउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र मात्रै हुनसक्ने जनाउँदै देशलाई पछाडि फर्काउन खोज्नेहरु आफै हराउने बताउनुभयो।

मााओवादीले आत्मसमीक्षा गरेर जनताको माझमा आएकोले माओवादी र अरु दलहरुलाई उस्तै उस्तै नठान्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षाका लागि माओवादीले जनुसुकै लडाइँ लड्न पनि तयार रहेको बताउनुभयो।

सो नागरिक संवाद कार्यक्रममा बाँकेका नागरिक अगुवा तथा विभिन्न पेशागत संघसंस्थाका अगुवाले राजनीतिक दलहरुकै असक्षमता र कार्यशैलीका कारण नेपाली जनतामा निराशा बढ्दै गएकोले अन्यले चलखेल गर्ने अवसर पाएको गुनासो गरेका थिए।

सो कार्यक्रममा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाललगायतको सहभागिता थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार