मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

नरैनापुरमा बहुउद्देश्यीय सहकारीको सेवा शुभारम्भ

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुरमा नरैनापुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय स्थापना गरी आज मंगलबार देखि सेवा शुभारम्भ गरेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमबीच संस्थाको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष शाहले सबैले इमान्दारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताउदैं सहकारीमा सरकारले समेत लगानी गर्ने बताउनु भयो । 

सहकारीका अध्यक्ष सहजाद अलि जोलाहले लामो छलफलपछि संस्था स्थापना गर्नमा सफलता मिलेको भन्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउनु भयो ।

प्रविधिको उच्चतम प्रयोगबाट सेवामा थप सहजता प्रदान गर्दै प्रविधि मैत्री संस्थाको रूपमा विकास गर्ने, पुँजी वृद्धि गरेर वित्तिय रूपमा सस्थालाई विकास गर्ने र वित्तिय कारोबारलाई थप व्यवसायिक बनाउने उद्देश्यका साथ संस्थाको स्थापन गरिएको अध्यक्ष जोलाहको भनाई थियो ।

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नरैनापुरमा सहकारी संख्या थप भएको भन्दै हुनेखाने र हुदाखादाहरु विचको अन्तरलाई चिर्न सहकारी अभियान सफल बनाउन सुझाव दिनु भएको थियो । 

त्यस्तै कृषि शाखा प्रमुख सदन भण्डारीले देशमा सहकारीको खराव समाचार आईरहेको यो समयमा स्थापना भएको नरैनापुर बहुउद्देश्य सहकारी सफल र उद्धाहरणीय बन्ने धारण राख्नु भएको थियो ।

सहकारीको उदघाटन कार्यक्रममा नरैनापुरकि उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, नरैनापुर १ का वडा अध्यक्ष इसाक जोलाह, भारतीय व्यापारी रबि कपुर, सहकारीका सदस्य धर्मेन्द्र धिताल लगायतको साधारण सदस्यहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार