मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा बहुउद्देश्यीय सहकारीको सेवा शुभारम्भ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुरमा नरैनापुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय स्थापना गरी आज मंगलबार देखि सेवा शुभारम्भ गरेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमबीच संस्थाको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष शाहले सबैले इमान्दारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताउदैं सहकारीमा सरकारले समेत लगानी गर्ने बताउनु भयो । 

सहकारीका अध्यक्ष सहजाद अलि जोलाहले लामो छलफलपछि संस्था स्थापना गर्नमा सफलता मिलेको भन्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउनु भयो ।

प्रविधिको उच्चतम प्रयोगबाट सेवामा थप सहजता प्रदान गर्दै प्रविधि मैत्री संस्थाको रूपमा विकास गर्ने, पुँजी वृद्धि गरेर वित्तिय रूपमा सस्थालाई विकास गर्ने र वित्तिय कारोबारलाई थप व्यवसायिक बनाउने उद्देश्यका साथ संस्थाको स्थापन गरिएको अध्यक्ष जोलाहको भनाई थियो ।

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले नरैनापुरमा सहकारी संख्या थप भएको भन्दै हुनेखाने र हुदाखादाहरु विचको अन्तरलाई चिर्न सहकारी अभियान सफल बनाउन सुझाव दिनु भएको थियो । 

त्यस्तै कृषि शाखा प्रमुख सदन भण्डारीले देशमा सहकारीको खराव समाचार आईरहेको यो समयमा स्थापना भएको नरैनापुर बहुउद्देश्य सहकारी सफल र उद्धाहरणीय बन्ने धारण राख्नु भएको थियो ।

सहकारीको उदघाटन कार्यक्रममा नरैनापुरकि उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, नरैनापुर १ का वडा अध्यक्ष इसाक जोलाह, भारतीय व्यापारी रबि कपुर, सहकारीका सदस्य धर्मेन्द्र धिताल लगायतको साधारण सदस्यहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार