मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

वडाबासिहरु सचेत भएमा वडा समृद्ध हुन्छ – अध्यक्ष श्रेष्ठ

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

वडाबासिहरु सचेत भएमा वडा समृद्ध हुन्छ – अध्यक्ष श्रेष्ठ

बाँके । वडाबासिहरु सचेत र सजग भएमा मात्रै समृद्ध वडा हुने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुरमा श्रेष्ठले बताउनु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडाको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा आज भएको एक दिने क्षमता अभिबृद्धी तालिम कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले वडा बासिहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको बताउनु भयो । 

क्षमता अभिबृद्धी र सचेतनाले हरेक ब्यक्तिलाइ अगाडी बढ्न हौसला प्रदान गर्ने भएकाले लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत दलित समुदायलाई लक्षित गरेर कार्यक्रमको योजना गरिएको अध्यक्ष श्रेष्ठले जिकिर गर्नु भयो । 

यसैगरी कार्यक्रममा बोल्दै वडा सचिब गौरी कुमारी शाहीले एक दिने क्षमता अभिबृद्धी तालिमले सहभागिहरुलाई हौसलासँगै आगाडी बढ्न उत्प्रेरणा थप्ने विश्वास ब्यक्त गर्नु भयो । तालिममा वडा नम्बर २ का दलित महिला सदस्य तुल्सा देबि परियारले तालिम नयाँ र हरेक ब्यक्तिलाई काम लाग्ने भएकाले सिकेको शिपलाई प्रयोगमा ल्याउन सहभागिलाई अनुरोध गर्नु भएको थियो । 

दलित अधिकार तथा जातीय भेदभाव बिरुद्ध कानुनी ब्यवस्थाका बिषयमा अधिबक्ता तथा प्रशिक्षक विश्वजित तिवारी र स्थानीय योजना तर्जुमा प्रक्रियाका बिषयमा प्रशिक्षक हेमराज भट्टले सहजिकरण गर्नु भएको थियो । तालिममा वडाका विभिन्न समुदायका ३५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार