मुख्य समाचार
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त |

बाँकेको जानकी गाउँपालिकाले सुशासन प्रर्वद्धन तथा भ्रष्टाचार नियन्त्रण गर्ने

यूथ टुडे समाचारदाता 3560+ समाचार ( )
५९ करोड ५३ लाख ५९ हजार रुपैया विनियोजन
१० असार २०७९, शुक्रबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले सुशासन प्रर्वद्धन तथा भ्रष्टाचार नियन्त्रण गर्ने बताउदै गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले ५९ करोड ५३ लाख ५९ हजार रुपैया विनियोजन गरेको जानकारी दिइन् ।

गाउँपालिकाको १२ औं गाउँ सभामा शुक्रबार गाउँपालिका अध्यक्ष छब्बन खाँले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रर्वद्धन गरिने बताए । 

यस्तै आगामी साउन १ गतेदेखी गाउँपालिकाभित्र कसैको घरमा छोरी जन्मिन्छ भने उसको खातामा गाउँपालिकाले ५ हजार रुपैयाँ जम्मा गरिदिने अध्यक्ष खाँले बताए । यसैगरी करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि उनले भनाइ थियो । 

गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशु, सहकारी एवं वित्तीय व्यवस्थापन र उद्योग, सामाजिक विकासतर्फ स्वास्थ्य तथा सरसफाई, शिक्षा युवा तथा खेलकुद, जेष्ठ नागरिक महिला बालबालिका तथा अपांग, सँस्कृति तथा पर्यटनलाई समेटिएको छ ।

त्यस्तै पुर्वाधार विकासतर्फ पुर्वाधार विकास, भुमि तथा भवन ब्यवस्थापन, वातावरण तथा विपत व्यवस्थापनतर्फ वन वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ सुशासन तथा सेवा प्रवाह, राजश्व प्रशासन र न्याय प्रणाली सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

सभामा वडा नम्बर ५ का वडाअध्यक्ष एवम् सभाका सदस्य टिकानाथ यादवले स्वागत गरेका थिए । यस्तै उक्त सभामा विषयगत रुपमा सभाका सदस्यहरु जगदिश प्रसाद हरिजन, टिकानाथ यादव, राजेन्द्र सिंह लगायतले बोलेका थिए । 

गाउँपालिका अध्यक्ष खाँको सभाध्यक्षतामा आयोजित सभामा उपाध्यक्ष रामप्यारी यादव, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुको उपस्थिती रहेको थियो । सभा सञ्चालनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गरेका थिए ।

उक्त सभामा पहिलो दिन नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो दिन आज शुक्रबार ५९,५३,५९,००० बजेट उपाध्यक्ष राम प्यारी यादवले प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । 

उपाध्यक्ष यादवले प्रस्तुत गरेको बजेटमा आर्थिक विकास तर्फ पचहत्तर लाख, सामाजिक विकास तर्फ क करोड पैंसठ्ठी लाख, पुर्वाधार विकास तर्फ बीस करोड नब्बे लाख उन्नसाठ्ठी हजार, वन तथा बिपत व्यवस्थापन तर्फ दश लाख र सुशासन तथा संस्थागत क्षमता बिकास तर्फ दश करोड असी लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार