मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |
मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |


नयाँ पुस्तालाई देश चिनाउने अभियान आवश्यक: मन्त्री शर्मा

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
सन्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालको कला सस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताउनुभएको छ ।
१ असार २०८०, शुक्रबार

दाङ । सन्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालको कला सस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको प्रथम बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले नयाँ पुस्तालाई देश चिनाउने अभियानलाई व्यापक बनाउनुपर्ने बताउनुभयो ।

त्यसका लागि चलचित्र क्षेत्र महत्त्वपूर्ण आधार हुने उहाँले बताउनुभयो । चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले पनि यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिने मन्त्री शर्माले जोड दिनुभयो ।

नेपाल सस्कृतिको धनि देश भएकाले यहाँको कला सस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिदै उहाँले यसमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले भन्नुभयो- चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिंदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरुका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो । चलचित्र क्षेत्रबाटै कयौं कलाकारहरुले आफ्नो व्यक्तित्व निकै उँचो बनाउँदै आएका छन् । उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ ।

नेपालमा यो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तराष्ट्रियस्तरमा नियमितरुपमा नै यस्ता महोत्सवहरु हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्नुपर्ने र त्यसका लागि पनि यो महोत्सव सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँलले त्यसका लागि पनि बालचलचित्र उपयोगी हुनसक्ने बताउनुभयो ।

अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको छ उल्लेख गर्दै मन्त्री शर्माले यसले बाललिकामा अवसर र चुनौती दुबै थपिदिएको बताउनुभयो । उहाँले भन्नुभयो- सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सिप चाँडो प्राप्त गर्छन्, यो उनीहरुका लागि अवसर हो । तर, यसको दुरुपयोग बढ्दै जाँदा बाल विकासको बाधक पनि सूचना प्रविधि नै हुने हो कि भन्ने खतरा पनि बढ्दै गएको छ । अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको छ । बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न त सकिदैन तर उनीहरुलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सिप सिकाउन पनि ज्ञान र सन्देशमूलक बालचलचित्र उपयोगी हुनसक्छन् । 

दाङ २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले दाङमा घोराही-तुलसीपुर सडक, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा पूर्ण विद्युतीकरण, राजमर्गसहित सबै ठाउँमा सन्चार सुविधा विस्तार, प्रदेश राजधानीमा पूर्वाधार विकास र टरिगाउ विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सव तीन दिनसम्म चल्ने बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार