मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

बंगलादेशमा मतदान सुरु, अवामी लिगमाथिको प्रतिबन्ध कायमै

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
३० माघ २०८२, बिहीबार

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि पहिलो पटक बंगलादेशमा आम निर्वाचन सुरु भएको छ । नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म चल्ने छ ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाउँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट हट्नुभएकाे थियाे ।

हसिनाले देश छोडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । आन्दोलनका क्रममा करिब १ हजार ४ सय प्रदर्शनकारीको ज्यान गएको बताइन्छ ।

गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध फैसला सुनाएको थियो ।

निर्वाचनमा हसिनाको दल अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ । मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच रहेको छ ।

जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक नयाँ दलसँग गठबन्धन गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार