मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |
मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |


बाँकेका प्रजिअ रिजालको जनस्तरबाट भव्य विदाई

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ ।
१८ फाल्गुन २०८१, आइतबार

बाँके । बाँकेको प्रमुख जिल्ला अधिकारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भए पछि खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमका विच बिदाई गरिएको छ । 

बाँकेमा प्रजिअ रिजालले पदीय जिम्मेवारी अनुसार असल प्रशासकको रुपमा काम गरेको भन्दै चौतर्फी प्रशंसा भएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा आयोजित बिदाई समारोहमा उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले प्रजिअ रिजाल अत्यन्त नरम, मिजाशीला, क्षमतावान, इमान्दार र कर्तव्यपारायण रहेको बताउनु भयो।

मेयर बिष्टले प्रजिअको कार्यशैलीको मुक्तकण्ठले प्रशंसा गर्नु भयो । 

आज नरैनापुरमा आयोजित बिदाई एंव सम्मान कार्यक्रममा सैयद इश्तियाक अहमद शाहले प्रजिअ रिजालले असल प्रशासक रहेको भन्दै प्रशंसा गर्नु भयो । ‘एउटा असल प्रशासक हुनका लागि कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन हुनु आवश्यक छ, यी सबै कुरामा उहाँ पोख्त हुनुहुन्छ’, प्रजिअ रिजाल तर्फ देखाउँदै शाहले भन्नुभयो, ‘यस्तै प्रशासक सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुने हो भने मुलुकमा अमन, चयन, शान्ती सुव्यवस्था कायम हुने र सुशासनको क्षेत्रमा समेत निकै प्रगति हुने थियो ।’ उहाँले भन्नुभयो, धार्मिक द्वन्द्वको चपेटामा परेको बाँकेलाई द्वन्द्व मुक्त बनाउन सफल हुनु भएकोमा प्रजिअलाई बधाई दिनु भयो । 

प्रजिअको रुपमा विधि र पद्धती अनुसार निश्पक्ष रुपमा काम गर्दा रिजाललाई केहि व्यक्तिहरुले कपोलकल्पित आरोप समेत लागेको आफूले महसुस गरेको जिकिर गर्नुभयो । बिदाई कार्यक्रममा नरैनापुर उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, लेखा अधिकृत भरत बस्नेत, सुचना अधिकारी लक्ष्मीकान्त मिश्र, बिपद शाखा प्रमुख भरत महतो, प्रशासन प्रमुख बिनोद चौधरी, लेखापाल प्रकाश अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले भन्नुभयो,जस्तोसुकै चित्त नबुझ्ने अवस्थामा पनि सम्बन्धित पक्षलाई तर्क सहित चित्त बुझाएर पठाउन सक्ने कला प्रजिअ रिजालमा रहेको आफूले महसुस गरेको उल्लेख गर्नु भयो ।

मानवताका पुजारी जयकेश सिंहले प्रजिअ रिजालको कामबाट आफू अत्यन्त प्रभावित बनेको बताउनु भयो । ‘हेर्नोस यस्तो सिडिओ त मैले अहिलेसम्म संगत नै गरेको थिएन’, उहाले भन्नुभयो, ‘आफू पनि कुनै लोभलालच नगर्ने अनि हामीहरुलाई पनि विधि र पद्धती भन्दा बाहिर जान खोजे तत्काल प्रतिक्रिया जनाएर रोकिहाल्ने बानी उहाँमा थियो ।'

प्रजिअ रिजालले भने नेपाल सरकारको प्रतिनिधि भएर आफ्नो पदिय जिम्मेवारी सकेजति पूरा गर्ने प्रयास गरेको बताउनु भयो। ‘मैले एउटा राष्ट्रसेवकको रुपमा नागरिकको सेवालाई शिरमा राखेर विधि र पद्धती भित्र बसेर सकेजति जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको हुँ’, प्रजिअ रिजालले भन्नुभयो, ‘त्यसबाट कोही कसैलाई हानी पुगेको भए वा नराम्रो भएको भए क्षमा चाहन्छु अनि मलाई यसरी विभिन्न सरकारी एवं गैर सरकारी क्षेत्रबाट भएको यस्तो सम्मानपूर्ण बिदाईले आगामी दिनमा थप कर्तव्य निर्वाह पालना गर्न अभिप्रेरित गरेको छ ।’ 

प्रजिअ रिजाललाई नेपाल वार एशोसिएसन लगायत विभिन्न संघ संस्थाले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए । प्रजिअ रिजाल बाँकेको ९ महिनाको कार्यकाल पुरा गरी सोमबार काठमाडौ फिर्ता हुन लाग्नु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार