मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

उपभोक्ता हित सम्बन्धि एकीकृत कानुन बनाउन जरुरी छ : सभापति खान

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

बाँके । उपभोक्ता अधिकार सम्बन्धमा सरोकारवालाहरुसङ्ग राखिएको सचेतना कार्यक्रममा पुर्व खानेपानी मन्त्री , एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य अब्दुल खानले उपभोक्ताहरुको हक र अधिकारको लागि ” उपभोक्ता अदालत” संचालन गर्न जोड दिएको बताउनु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै खानले प्रधान पन्चका नेताहरुले देशको नेतृत्व गर्दासम्म उपभोक्ता सधै मारमा नै पर्ने बताउनु भयो। पुरानो सोच भएका नेताहरुले उपभोक्ताको हितको लागि आफुहरुको पाटिको घोषणापत्रमा समेत कहिकतै केहि उल्लेख नगरेको प्रति आक्रोश समेत पोख्नुभएको छ।

खानले उपभोक्ता हितको लागि बिभिन्न प्रकारका ऎन कानुन छन् । तर सबै सर्वसाधारणलाई दुख दिने र अलग अलग खालको भएको हुँदा उपभोक्ता सम्बन्धि एकीकृत कानुन बनाउन समितिको जोड रहेको बताउनु भयो।

नेपालका उद्योगी व्यवसायि र उपभोक्ताको साच्चै हितमा नेपालको राजनिती छ भने हामिले आयातलाई प्रतिस्थापन गरेर निर्यातलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो।उहाँले अहिलेको राजनीतिक अस्थिरताले उद्योगी व्यवसायिको मनोबल गिराउने काम मात्र गरिरहेको छ भने उद्योगी व्यवसायिले पनि मुलुकको हित सोचेर अनैतिक कार्य गर्न नहुने र जथाभावी सिण्डिकेट लगाउन र मुल्य वृद्धि गरेर सर्वसाधारण उपभोक्तालाई दुख दिने काम गरेको हुँदा अब त्यस्ता उद्योगी व्यवसायलाई कानुनि दायरामा ल्याइने समेत बताउनु भएको छ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथि समेत रहनु भएका राष्ट्रिय उपभोक्ता मन्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले खाद्य पदार्थको स्वच्छता र उपभोक्तालाई पर्न सक्ने जोखिम :बारे स्पष्ट पार्नु भएको थियो

उहाँले सुरक्षित खाद्य पदार्थको नियमित आपूर्ति गर्नु राज्यको कर्तव्य भएको बताउनु भएको छ। उपभोक्ताले दैनिक रुपमा उपभोग गर्ने खाद्य पदार्थहरू दाल, चामल, ध्यू, तेल, दूध दही, माछा मासु, साग सब्जी तथा फलफूलहरू स्वस्थकर हुनै पर्दछ । स्वस्थ खाद्यान्नको अभावमा मानव स्वास्थ्य र दैनिक जीवनमा समेत नकारात्मक असरहरू पर्दछ त्यसैले उपभोक्ताले स्वयं जागरुक हुनुपर्ने बताउनु भयो।उहाँले उपभोक्ता हितको लागि के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुराको कानुनले नियम बनाएको छ तर यसतर्फ न उपभोक्ताको ध्यान जान सकेको छ न त उद्योगि व्यवसायिको नै त्यसैले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो।

व्यवसायीक साथिहरुले कानुनलाई व्यवस्था गर्दाखेरि बिभिन्न समस्यामा परिरहेको हुँदा आफुले गर्न लागेको व्यवसायबारे स्पष्ट हुनुपर्ने र आफुले गर्ने जुनसुकै व्यवसायको बारेमा जानकार हुनुपर्ने आफुले गर्न लागेको व्यवसायको बारेमा कानुनि प्राबधान बारे पोख्त हुनुपर्ने भन्दै उद्योगी व्यवसायी र उपभोक्तालाई आफै सचेत हुन आवस्यक रहेको बताउनु भएको छ।

बासगढि उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा बासगढि नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काले उपभोक्ताको हकहितको लागि पालिकाले नियमित रुपमा बजार अनुगमन गरिरहेको बताउनु भयो । सधै अरुको भरपर्न भन्दाउपभोक्ता आफै सचेत भए कहिँ कतै बाट नठगिने धारणा समेत राख्नुभएको छ। कार्यक्रममा बिभिन्न संघ सस्था राजनितीक दल र सरोकारवाला व्यक्तिहरुले उपभोक्ताको हक र अधिकारको बारेमा सवाल जवाफ गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार