मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

बाँके २ मा भरोसाको लहर: जनताको रोजाइमा दिपेन्द्र बिष्ट अग्रपंक्तिमा

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२९ माघ २०८२, बुधवार

बाँके । बाँके क्षेत्र नं. २ मा निर्वाचनको मिति नजिकिँदै जाँदा नेपालगन्जको माहोल असाधारण रूपमा तातिएको छ। यो तातोपन केवल चुनावी नारामा सीमित छैन; चोक–चौतारी, चिया पसल, गल्ली र टोल–बस्तीमा चल्ने बहसको केन्द्रमा एउटै नाम बारम्बार दोहोरिन्छ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका दिपेन्द्र बिष्ट ।

बिहानको चिया गफदेखि साँझको चौतारी बहससम्म “बाँके–२ मा दिपेन्द्र जत्तिको मान्छेले जित्नुपर्छ” भन्ने आवाज बाक्लिँदै गएको छ । स्थानीयहरूका अनुसार यो चर्चा योजनाबद्ध प्रचारभन्दा बढी जनभावनाबाट जन्मिएको हो । युवा, ऊर्जावान, काम गरेर देखाइसकेको र जनतासँग दूरी नराख्ने उम्मेदवारको छविले मतदातालाई आकर्षित गरिरहेको उनीहरू बताउँछन् ।

नेपालगन्जका विभिन्न चोकमा भेटिने युवाहरू खुलेर दिपेन्द्र बिष्टको पक्षमा उभिएका छन्। “अब भाषण मात्रै गर्ने नेता होइन, सुन्ने र बुझ्ने मान्छे चाहियो,” एक युवाले भने। यही चाहनाले युवाहरू स्वतःस्फूर्त रूपमा चुनावी माहोलमा सक्रिय देखिएका छन् । कसैले पोस्टर टाँस्दै, कसैले सामाजिक सञ्जालमा समर्थन जनाउँदै, त कसैले घर–घरमा पुगेर आफ्ना तर्क राख्दै छन् ।

चिया पसलका साहुजीदेखि गल्लीका मजदुरसम्मको एउटै धारणा छ—दिपेन्द्र बिष्ट ‘आफ्नै मान्छे’ जस्तो लाग्छ । भेट्दा सहज, प्रश्न गर्दा धैर्यवान र आलोचना सुन्दा पनि मुस्कानमै जवाफ दिने स्वभावले उहाँलाई भीडभन्दा अलग बनाएको स्थानीय विश्लेषकहरूको भनाइ छ ।

यो चुनावी रौनकमा भावनात्मक पक्ष पनि उत्तिकै बलियो देखिन्छ। “हामीले धेरै नेता देख्यौँ, तर हाम्रो कुरा सुन्ने कमै भेट्यौँ। दिपेन्द्र बिष्टलाई जिताउन सके बाँके–२ ले नयाँ बाटो समात्छ,” एक स्थानीय युवाले बताए। उनको भनाइले अहिलेको जनमानसको मनोभाव झल्काउँछ ।

नेपालगन्ज तातिनुको कारण केवल चुनावी प्रतिस्पर्धा होइन, परिवर्तनको आकांक्षा हो । र त्यो आकांक्षाको केन्द्रमा अहिले दिपेन्द्र बिष्ट देखिनुहुन्छ । चोक–चौतारी र गल्लीमा चलिरहेको बहसले एउटै सन्देश दिन्छ—यो पटक बाँके क्षेत्र नं. २ मा मत केवल चिन्हमा होइन, भरोसा, अपेक्षा र परिवर्तनको विश्वासमा खस्न लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार