मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको पहिलो संस्करण आजदेखि सुरु

Youth Today News 1+ समाचार ( )
९ असार २०८१, आइतबार

काठमाडौं । सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिताको पहिलो संस्करण आजदेखि सुरु भएको छ । सहाना प्रधान प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

दशरथ रंगशालामा जारी प्रतियोगिता उत्साहजनक रूपमा सुरु भएको प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

पूर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले साहना प्रधान प्रतिष्ठानले अब हरेक वर्ष खेलकुद प्रतियोगिता गर्ने पनि बताइन् ।

उनले नेपालमा भलिबल खेल अत्यन्तै लोकप्रिय भए पनि अत्यन्त न्यून खेल पूर्वाधार एवं कम बजेट रहेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’लाई त्यसतर्फ ध्यान दिन आग्रह समेत गरेकी थिइन् ।

उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक जना शिखर व्यक्तित्व भएको उल्लेख गर्दै सामन्ती पञ्चायती व्यवस्थाविरुद्ध कठोर सङ्घर्ष हुँदै २०४६ सालको जनआन्दोलनसम्म आउँदा संयुक्त वाम मोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले भने, ‘वैचारिक र सांगठानिक भूमिकाको इतिहासमा प्रधान सधैँ प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।’

उनले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै समेत उल्लेख गरे ।

प्रतियोगितामा सात वटै प्रदेशका १९ वर्ष मुनिका महिला तथा पुरुष टोलीको सहभागिता छ । पहिलो दिनको खेलमा पुरुषतर्फ कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको छ ।

यही असार १५ गतेसम्म प्रतियोगिताको दुवैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, सचिव जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवमा टंकलाल घिसिङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार