मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नरैनापुरमा अध्यक्ष शाहले गरे पेट्रोल पम्पको उदघाटन

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बिच पेट्रोल पम्पको उदघाटन गर्नु भएको छ ।
१९ मंगशिर २०७९, सोमबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बिच पेट्रोल पम्पको उदघाटन गर्नु भएको छ । 

नरैनापुर गाँउपालिका वडा नं.५ मटेहियामा स्टार रिफ्युलिङ्ग सेन्टर सोमबार देखि संचालनमा आएको छ । पेट्रोल पम्पको उदघाटन गर्दै अध्यक्ष शाहले भन्नुभयो, बाँकेको सबै भन्दा दुर्गम मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीको विस्तार संगै इन्धन विक्रेताको समेत विकास र विस्तार भइरहेको भन्दै अध्यक्ष शाहले विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

अध्यक्ष शाहले ‘पम्प सञ्चालनमा आए संगै उपभोक्ताहरुलाई पेट्रोल र डिजेल लिन नेपालगंज वा भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको थियो । 

यस्तै पम्पका संचालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताउनु भयो । 

हाल आयात भइरहेको युरो– ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि आफूहरुले निमार्ण गरेको पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको जानकारी गराउनु भएको थियो । 

उहाँले भन्नुभयो,स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून छ । नरैनापुरमा निमार्ण गरिएको पम्प बाँके जिल्ला कै अत्याधुनिक पम्प रहेको संचालक खाँले जानकारी गराउनु भएको थियो । पम्पको उदघाटन कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह,वडा नं. ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव, जिन्सी शाखा प्रमुख भरत महतो र माओबादी केन्द्रका नेता इमरान खान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार