मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कर्णाली र लुम्बिनी प्रदेश अन्तरगतका जिल्लाहरुको अनुगमन गरी सभापति खान काठमाडौ फर्किए

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

काठमाडौ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खान सुदुर पश्चि प्रदेश र लुम्बिनी प्रदेश अन्तरगतका जिल्लाहरुको उद्योग कलकारखाना र विकासे योजनाको अनुगमन तथा निरीक्षण गरेर एक साता पछि काठमाडौ फर्किनु भएको छ । । सोही क्रममा उहाँले दैलेख, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलबस्तु र रुपन्देही जिल्लाको भ्रमण सकेर बुधबार काठमाडौ फर्किनु भएको उहाँको स्वकीय सचिव अतिउल्लाह मुसलमानले जानकारी दिनु भयो । 

काठमाडौ फर्किने क्रममा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले कपिलबस्तुमा आयोजना गरेको मदरसामा कार्यरत प्रधानाध्यापक र शिक्षहरुको एक दिने क्षमता विकास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सभापति खानले मदरसा शिक्षमा रहेको समस्यालाई समाधान गर्न भूमिका खेल्ने बताउदै उहाँले ‘मैले मदरसा शिक्षालयको भ्रमण अवलोकन गर्दा नाजुक अवस्थामा रहेको पाएको छु,’ शैक्षिक नतिजामा राम्रा र नराम्रा विद्यालय समेतको अवलोकन गरेको उल्लेख गर्दै सभापति खानले भन्नुभयो, ‘भौतिक पूर्वाधार, पाठ्यक्रम सुधार, फरक धारका शिक्षासँग सम्बन्धित शिक्षालयको मूल्यमान्यता अनुकूल तुल्याउनतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’ उहाँले मदरसा बोर्डलाई बलियो बनाएर जाने गरी सबैले भूमिका खेल्न जरुरी रहेको जिकिर गर्नु भएको थियो । 

सभापति खानको प्रमुख अतिथियतामा भएको कार्यक्रममा मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिका उपाध्यक्ष मसहुद खाँले सभापति खानलाई दोसल्ला लगाएर सम्मान गर्नु भएको थियो । 

यसै गरी रुपन्देहीको सांस्कृतिक नगरपालिका १० मधुवन गाँउमा रहेको शंकर कँक्रिट उद्योगको निरिक्षण गर्नु भएको थियो । उद्योगको निरिक्षण सके पछि जनमतका कार्यकताहरु संग भेटघाट गरी जनताको घरदैलोमा गएर समस्याको पहिचान गरी पार्टीलाई रिपोर्टिङ गर्न निर्देशन दिनु भयो । उहाँले भ्रष्टाचार र बेतिथिविरुद्धको अभियानमा सक्रियताका साथ लाग्न समेत कार्यकर्ताहरुलाई अपिल गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै