मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

मधुवनका युवा दूतहरुले मानवबेचविखन रोक्न विभिन्न योजना बनाए

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । 

उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । 

मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । 

क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीका अनुसार बैठकमा मानव बेचबिखन, त्यसको मूल कारण, न्यूनीकरणका उपायहरू, बाल बेचबिखन रोक्न अभिभावकको भूमिका र आफ्ना बच्चाहरूलाई सबै प्रकारका हिंसाबाट कसरी जोगाउने भन्ने विषयमा अभिभावक शिक्षा सत्रमा युवा दूतहरूलाई अभिमुखीकरण गरिएको थियो । 

बैठकको सहजीकरण परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने फिल्ड सुपर भाईजर सावित्रा भाटले सहजीकरणमा सहयोग गर्नु भएको थियो ।

साथै सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक पव्रेज अली सिद्दीकी, कोषाध्यक्ष फिरदोस जहाँको बिशेष उपस्थिति रहेको थियो । 

क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना मार्फत राजापुर र मधुबन नगरपालिकाका गरि जम्मा ४० जना युवा दूतहरुलाई मानब बेचबिखन बिरुद्धको अभियानमा परिचालन गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार