मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

प्रधानमन्त्री प्रचण्ड अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिकामा रहेको सिके राउतको आरोप

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री पुष्पकमल दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्र्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताए ।

बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए । ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो’, राउतले भने ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको राउतले बताए ।

‘एउटा दुईवटा कुर्सी नमिलेर, राष्ट्रियसभा चुनावमा भोट नआएर पो रहेछ’, उनले भने, ‘सैद्धान्तिक धरातलमा टेकेर हुँदै रहेछ भन्ने लागेको थियो, एउटा दुईवटा कुर्सीमा नमिलेर पो रहेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार