मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशद्धारा बार्षिक क्यालेन्डर बिमोचन

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको वि.स.२०८२ को बार्षिक क्यालेण्डरको शनिबार एक कार्यक्रमका बिच बाँकेको कोहलपुरमा बिमोचन गरिएको छ । नेपाल सरकारका पूर्व सिंचाई राज्यमन्त्री दलबहादुर सुनारको प्रमुख

 आतिथ्यमा र राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालको सभापतित्वमा नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन भएको हो । कार्यक्रममा केन्द्रिय पार्षद कुशल दलमी र हेमन्त बिक, प्रदेश पार्षद शोभाकर विश्वकर्मा, प्रदेश कार्यसमिति कोषाध्यक्ष विद्युत्मा रैका, जिल्ला सचिव शान्ति सुनार, सदस्य प्रर्मिला विश्वकर्मा लगायत संघका, पदाधिकारी पत्रकार, समाजसेवी, राजनीतिक तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

क्यालेन्डर विमोचन कार्यक्रममा अतिथि वक्ताहरूले दलित पत्रकारिता र सामाजिक न्यायका सवालमा संघले खेलेको भूमिका तथा आगामी दिनमा अझ प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए । क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथि तथा पूर्वराज्यमन्त्री सुनारले दलित पत्रकार संघले क्यालेन्डर प्रकाशनदेखि पत्रकार, समुदायको मुद्धा, एजेण्डामा गरेको खवरदारी, पत्रकारिता लेखन, समाचार र दवावमूलक कार्यहरु प्रशसनिय रहेको भन्नुभयो ।

उहाँले दलित समुदायका राजनैतिक दल, स्थानीय सरकार, अगुवाहरुबाट दलित पत्रकारको हकहित, आर्थिक विकास र व्यवसायीक पत्रकारिताका लागि सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, सहभागी र शुभेच्छुकहरूमा आयोजक संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले कार्यक्रम समापन गर्नुभयो भने प्रदेश कोषाध्यक्ष बिधुत्मा रैकाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार