मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

नेपालगन्ज । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । 

‎मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो । 

‎तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयन विषयमा छलफल तथा व्यवहारिक अभ्यास गराइएको क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बताउनुभयो ।  

उहाँले सहभागीहरूले विद्यालय तहमा अपांगता भएका बालबालिकाको समयमै पहिचान र अभिलेखीकरणमा आफूहरू अझ स्पष्ट र सक्षम भएको बताएको पनि जनाउनुभयो ।

‎तालिममा सहभागी पालिकाका शिक्षा शाखा प्रतिनिधिहरूले विद्यालयस्तरमा समावेशी शिक्षा कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् । 

सहभागी सबैले तालिमबाट प्राप्त सीप र ज्ञानलाई आ–आफ्नो विद्यालयमा व्यवहारमा उतार्दै अपांगता भएका बालबालिकाका लागि सुरक्षित, पहुँचयोग्य र समावेशी शैक्षिक वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

तालिमको समापनमा बोल्दै मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले यसै वर्षदेखि अपांगता भएका बालबालिकालाई प्रत्यक्ष सहयोग प्रदान गर्न थालिने घोषणा गर्दै नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरूको पोषण अवस्थाबारे जानकारी दिनुभयो । साथै उहाँले बालविवाह निवारण कार्यक्रमप्रति नगरपालिकाको दृढ प्रतिबद्धता पनि दोहो¥याउनुभयो । 

समापनमा मधुवन नगरपालिकाकी उपमेयर चौधरी, रवीन्द्रनाथ थारू, दीपक माझी, बाँके युनेस्को क्लबका उपनिर्देशक लामिछाने र परियोजना अधिकृत विजय शर्माले संयुक्त रूपमा १५ वटा विद्यालयका प्रधानाध्यापक तथा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल पर्सनहरूलाई सहभागिता प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रमभरि मधुवन नगरपालिकाकी फिल्ड सुपरभाइजर मिनु चौधरीको महत्वपूर्ण सहयोग रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार