मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे संसद्‌मा विश्वासको मत लिने कार्यसूची थियो । त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले रातोपाटीसँग भने, ‘छलफलमा छु तर राजीनामा दिनुपर्ने हुन्छ होला । गठबन्धनका कारण बहुमत नपुग्ने भएपछि साथीहरूबाट पनि 

उनले प्रदेशसभा बैठकमा विश्वास मतको प्रस्ताव नराखी सिधै सम्बोधन गरेर राजीनामा दिने बुझिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि  ४४ सांसदको समर्थन चाहिन्छ।

यहाँ कांग्रेसका २७ सांसद छन्। कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वासकाे मत पाउनका लागि आवश्यक सांसद सङ्ख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।

सत्ता गठबन्धनले लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरिसकेको छ। माओवादी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीका लागि उम्मेदवार छन् । रोल्पाबाट निर्वाचित महराले गठबन्धनको निर्णयअनुसार  आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार