मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्युठानमा गठबन्धनका कार्यकर्ता माथि एमालेको आक्रमण

महमूद आलम खान 1133+ समाचार ( )
४ जनाको अवस्था गम्भीर
२२ वैशाख २०७९, बिहीबार

प्युठान । प्युठानमा नेकपा एमालेका कार्यकर्ताहरुले गठबन्धन दल नेकपा माओवादि केन्द्र ,राष्ट्रिय जनमार्चा र काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन ।

प्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नं. ६ मा गठबन्धन दलले चुनावी सभा सकाएर घरघरमा फर्किने बेला एकाएका गुण्डागर्दी शैलीमा एमालेका कार्यकर्ताले गठबन्धन दलका कार्यकर्तालाई आक्रमक शैलीमा ढुङ्गा र लाठ्ठि प्रहार गरेका हुन ।

ढुङ्गा प्रहार गर्ने साेहि वडाका उम्मेदवार एमालेका नेता तिल वहादुर बुढा र वर्तमान वडा अध्यक्ष तुलबहादुर राेक्काकाे नेतृत्वमा आएकाे युवा सुमहले करिव साझँकाे ६ बजे तिर कार्यक्रम सकाएर फर्किने क्रममा माथी डाडाेबाट एक्कासी ढुङ्गा मुडा गरि आफुहरुमाथी अक्रमण गरेकाे र अक्रमण पछि आफुहरु अचेत भएकाे घाईते तिलक बहादुर रानाले बताए । समान्य घाईते हुनेहरुमा गठबन्धन दलका दर्जनाै कार्यकर्ताहरु रहेका छन भने अन्य ४ जनाकाे अबस्था गम्भीर भएकाे कारण प्युठान जिल्ला अस्तालले बुटवल रिफर गरेकाे छ । 

गम्भीर घाइते हुनेहरु सरुमारानी गाउँपालिका वाड नं. ६ का ३९ वर्षिय तिलक बहादुर राना ,२० वर्षिय लाल सिंह राेका ,४९ वर्षिय हिरा बहादुर पुन र ४० वर्षिय तिलक बि.क रहेका छन 

। उक्त बिरामीहरुकाे टाउकाेमा गम्भीर चाेट र हात खु्टा र शरिरमा लाठ्ठी प्रहारका निलडामहरु छन । अहिले उनिहरु बुटवल स्थित लुम्बिनी सिटि अस्पतालमा उपाचाररत छन ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सरुमारानी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमाेर्चा बिच चुनावी तालमेल भएको छ ।गठबन्धन दलकाे तालेमेल ताेड्न 

चुनाबी अभियानबाट अत्तालिएर नेकपा एमालेले विभिन्न अराजक क्रियकलापहरु गर्दै आएकाे माओेवादि केन्द्रका नेता पालिका सचिव गुप्तबहादुर रानाले बताए । 

उक्त घटनामा संलग्न व्यक्तिलाई कडा कार्वाही गरी कानुनकाे दायरामा ल्याउन र तत्तकाल घटनाकाे गम्भीर छानाबिनकाे लागि गठबन्धन दलले जिल्ला प्रशासन कार्यलय प्युठानलाई जाेडदार माग गरेकाे छ । अहिले घटनाकाे प्रक्रिया अनुसन्धानकाे क्रममा रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहिरी नयव उपरीक्षक सत्य थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार