मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै सदनमा राणाको आक्रोश

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
३२ जेठ २०८१, शुक्रबार

काठमाडौँ । पर्यटन मन्त्री हितबहादुर तामाङले नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै राप्रपा सांसद धवलशमशेर राणाले आक्रोश व्यक्त गरेका छन् । शुक्रबार मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले नेपालगन्जमा मानव निर्मित ताल निर्माणका लागि आफूले मन्त्रीको क्वाटरमै गएर प्रस्ताव दिए पनि बजेटमा समावेश नगरेपछि आक्रोश व्यक्त गरे । 

उनले नेपालगन्जमा २ वटा ठुलो ताल बनाएको र त्यसमा डुङ्गा चलिरहेको बताए । सांसद राणाले भने– ‘एउटा ताल बनाउनका लागि मैले पर्यटन मन्त्रीलाई एउटा योजना दिएको थिएँ, त्यो बजेटमा आएन । बजेट हेर्दा मन्त्रीहरूकै जिल्लामा गएको देखिन्छ । यो के गर्न खोज्नुभएको तपाईंहरुले ? हाम्रा ठाउँमा पनि सानो योजना हालिदिनुस् भनेर तपाईंको क्वाटरमा गएर तपाईंलाई त्यो फारम दिएको छु । तपाईंको सचिवले मलाई फोन गर्‍यो तर त्यो आएन । यो सरकार र बजेट तपाईंहरुको मात्रै हो । जवाफ दिनुस् मन्त्रीज्यू ।’ 

उनले पर्यटन, उद्योग र व्यापारका लागि दिल्ली नेपालगन्ज हवाई उडानको ठुलो महत्त्व रहेको बताउँदै नेपालगन्ज दिल्ली हवाई सेवा सञ्चालन गर्न माग गरे । 

उनले छिमेकी देशका पर्यटकलाई वास्ता नगर्ने र आएका पर्यटकलाई पनि दुःख दिने काम भइरहेको बताए । 

उनले भने– ‘अहिले चाइना र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल बगलमा छन् । तर हामीले त्यो सहजीकरण गर्दैनौँ । सडक बाटोबाट भारतीय पर्यटक नेपाल आउँदा नेपालमा डाँका पसेको जस्तो व्यवहार गरिन्छ । १० ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । हामीले हाम्रो देशमा घुम्न आउने पर्यटकलाई एउटा सम्मानका साथ, इज्जतका साथ स्वागत गर्नुपर्ने आवश्यक छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।’ 

यस्तै भारतीय पर्यटकलाई पनि सरकारको नीति र प्रहरीले गर्ने व्यवहार पर्यटनमैत्री नभएको बताए । उनले भने– ‘हामीले के नियम गरेका छौँ भने हजार रुपैयाँभन्दा कमको मात्रै ल्याउन पाइन्छ । ५ सय रुपैयाँको नोट ल्यायो भने सिमानामा सशस्त्र प्रहरीले समातेर दुर्व्यवहार गर्छ । अनि हामीले पर्यटनका कुरा गर्छौँ । यी सब फाल्तु कुरा हुन् । मिलाउनुस्, पर्यटनमन्त्रीज्यू, प्रधानमन्त्री ज्यू, यो के तमासा गरेको ? आजकालको जमानामा खल्तीमा ५ सय रुपैयाँ नहालेर आउन भनेर हामीले के भन्न खोजेको ? हामी आफैँले पर्यटन व्यवसाय बिगारिरहेका छौँ कि अरू कसैले बिगार्न लगाइरहेको छ ?’

उनले भारत र चीनका पर्यटक ल्याउनका लागि विशेष कार्यक्रम बनाउन माग गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार