मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |
मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |


आज मोहर्रम पर्व मनाइँदै, नरैनापुर र जानकी गाँउपालिकामा सार्वजानिक बिदा

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

बाँके । मुस्लिम समुदायले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दु समुदायले पनि मनाउन थालेपछि बाँकेमा सद्भावको पर्व बन्दै गएको छ । मोहर्रमपर्व हिन्दुलेसमेत मनाउन थालेपछि धार्मिक सद्भावको पर्वका रूपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउन थालेपछि छुट्टै रौनक थपिएको छ । 

धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरूप मनाइने यो चाडमा गुरुको प्रतीक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मोर्हरमका दिन करबलामा लगेर सेलाइने चलन छ । 

हिन्दुले घरमा पूजा गर्दा ढोल, तासा, झाझलगायतका बाजा बजाउने गर्छन् । मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गर्छन् । १४ सय वर्ष पहिले इमामे हुसेनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन् । अरबी क्यालेन्डरअनुसार दस मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ । 

मोहर्रमको १०औँ दिनलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा मोहम्मद सफिक बेहनाले बताउनुभयो । मोहर्रम पर्व बुधबार घरमा बनाएका तहजियालाई करबलामा सेलाएपछि समापन हुने छ ।

तीन दिन बिधुत कटौती नगर्न स्विचाटार प्राधिकरणको पत्र

नेपाल बिधुत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय बाँकेले प्राधिकरणको स्विचाटार काठमाडौँलाई पत्राचार गर्दै मुस्लिम समुदायको पर्व मोहर्रम चलिरहेकोले  साउन १ गते देखि ३ गतेसम्म बाँके र बर्दियामा अविछिन्न रुपमा बिधुत प्रवाह गरिदिन प्रदेश डिभिजन प्रमुख इन्जिनियर राजिब कुमार सिंहले आग्रह गर्कानुभएकाे छ । 

पत्रमा लेखिएको छ,” हिन्दु र मुस्लिमले संयुक्त रुपमा मनाउने मोहर्रम पर्व साउन १ गते देखि ३ गते सम्म छुट्टाछुट्टै ठुलो संख्यामा मानिसहरू जम्मा भएर जुलुस प्रदर्शन हुने भएकोले सुरक्षाको चुनौती बढ्ने र धार्मिक सहिष्णुता समेत खलबलिने तथा आपसी सम्बन्धमा समेत प्रभाव पर्न गई समस्या हुन सक्ने भएकोले बाँके र बर्दिया जिल्ला भरी अविछिन्न रुपमा बिधुत सेवा प्रवाह गरिदिनु हुन अनुरोध गर्दछु।”

यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गरि मुस्लिम समुदायको पर्व मोहर्रममा कुनै पनि प्रकारको उच्छृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सद्भाव बिथोल्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीद्वारा हस्ताक्षर गरिएको सो सूचनामा मोहर्रम पर्वको बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्र गतिमा चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो।

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “मुस्लिम समुदायको महान् पर्व मोहर्रम सुरुवात भइसकेको सन्दर्भमा धार्मिक र्‍याली तथा कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेका छन् । पर्वको संवेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिँड्ने कार्य नगर्न अनुरोध गर्दछौँ ।”

सामाजिक सञ्जालमा विद्वेष फैलाउने खालका सामग्रीहरू सम्प्रेषण गर्ने जस्ता उच्छृङ्खल व्यवहार नगर्न-नगराउन सोही सूचनामा आग्रह गर्दै कसैले गरेको देखेमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरिएको छ । 

“सूचनाको बर्खिलाप कुनै किसिमका गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,” जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ । 

दस दिनसम्म मनाइने मोहर्रम पर्व अहिले बाँकेमा धूमधामका साथ मनाइँदै छ । सो पर्वको अवसरमा हरेक दिन राती जुलुसहरू निस्कने गरेका छन् । 

बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउनका लागि नेपालगन्जमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले मोहर्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

मोहर्रम पर्वको अवसरमा नरैनापुरमा सार्वजनिक बिदा 

‘मोहर्रम’को अवसरमा बाँकेका नरैनापुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायले मनाउने सद्भावको पर्व ‘मोहर्रम’को अवसरमा बुधबार सार्वजनिक बिदा दिएको हो ।

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भावको पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिनु भयो । उहाँले अति आवश्यक सेवा बाहेक पालिका अन्तर्गतको सम्पूर्ण सरकारी एवं गैरसरकारी कार्यालय बन्द रहने अध्यक्ष शाहले बताउनु भयो । 

जानकी गाँउपालिकामा पनि सार्वजापनक बिदा

बाँकेको जानकी गाँउपालिकाले मोहरम पर्वको अवसरमा बुधबार सार्वजानिक बिदा दिएको गाँउपालिका अध्यक्ष छब्बन खाँले बताउन भयो । गाँउपालिकाले हरेक बर्ष दिदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार