मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

भूकम्पका परी घाइते भएका ११ जनाको भेरी अस्पतालमा शल्यक्रिया

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२३ कार्तिक २०८०, बिहीबार

बाँके ।  भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरुको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको थियो । भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम) का घाइतेलाई शनिबारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो ।

अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन् । ति मध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएका मध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताए । 

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिएको बताए । शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा रहेको उनले सुनाए ।

अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रुपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतीका बिरामीको अहिलेसम्म गरिसकेको उनले जनाए । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार