मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

ईपीएसका प्रतिनिधिहरुको गैरजिम्मेवार प्रवृत्तिले बालकुमारी घटना घटेको गृहमन्त्रीको जवाफ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्तिले बालकुमारी घटना घटेको बताएका छन् ।

सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा बोल्दै उनले ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए ।

उनले भने, ‘केही दिनदेखि बालकुमारीमा असन्तुष्ट युवाहरुले गरिरहेको प्रदर्शनको विषयमा आफूले घटना हुनुभन्दा अघि ईपीएस शाखा प्रमुख गुरुदत्त सुवेदीलाई बोलाएर जानकारी लिएको थिए । तर, उहाँले केही हुँदैन ३ बजेसम्म बसेर जान्छन् भनेर हल्का जवाफ दिनुभयो, यो हामीलाई चित्त बुझेको छैन ।’

उनले बालकुमारीमा प्रदर्शन भइरहेको ठाउँमा मन्त्रीको गाडी लगिएको विषयमा पनि असन्तुष्टि जनाए। ‘पीएसओ र बडिगार्डले मन्त्रीको गाडीलाई त्यहाँ जानबाट किन नरोकेको होला ? जसरी हुन्छ ईपीएसमा दुर्घटना हुन नदिने कुरा भएको थियो । मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्री श्रेष्ठले भने ।

उनले भौतिक योजना मन्त्री प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए । ‘त्यही क्रममा सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ,’ उनको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार