मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

बाँके । भेरी अस्पताल नेपालगन्जमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

भेरी अस्पतालका सूचना अधिकारी डाक्टर सङ्केत रिजालले १५ दिन देखि खोपको अभाव भएको जानकारी दिनु भयो । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।

राजापुर नगरपालिका–९, इश्वरीगन्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगन्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताउनु भयो । “२३ महिनाको यो छोरोलाई बिरालोले हातको औँलामा टोकिदियो, निःशुल्क रेबिजविरुद्धको खोप लाउन पाइन्छ भनेर त्यति टाढाबाट यहाँ ल्याएर आएँ” थारुले भन्नुभयो, “अस्पतालमा खोप सकिएको छ, बाहिरबाट किनेर ल्याऊ भने, मेडिकलबाट ६ सय २५ रुपियाँमा किनेर ल्याएँ । त्यति टाढाबाट यहाँसम्म आउँदा बेकारमा दुःख मात्र पाइयो ।”

अर्का सेवाग्राही खुसी गुरुङले पनि निःशुल्क पाउने गरेको भेरी अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय २५ रुपियाँ तिरेर खोप लगाउनुपरेको गुनासो गर्नु भयो ।।

सूचना अधिकारी डा.रिजालले गत १५ दिन देखि नै अस्पतालमा एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको बताउँदै उक्त खोप संघीय र प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, भेरी अस्पताल मात्र नभएर देश भरी नै रेबिज विरुद्धको खोपको अभाव रहेकोले तत्काल खरिद गरी पूर्ति गर्न सरकार सँग आग्रह गर्नु भयो । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शुन्य भएकोले खोप अभाव भएको बताउनु भयो । उहाँले अस्पतालमा खोप उपलब्ध नहुँदासम्म सर्वसाधारणलाई सो सेवा प्रदान गर्न नसकिने बताउनु भयो । 

सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले खोप आपूर्ति गर्ने स्वास्थ्य सेवा विभाग हो तर उक्त विभागले समयमा खोप खरिद नगरेकोले सेवाग्राहीहरूलाई समस्या भएको देख्दा आफूलाई समेत पिडा भइरहेको जिकिर गर्दै तत्काल खरिद गरी खोप पठाउन संघीय सरकार सँग माग गर्नु भयो । copy Radio Nepal.

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार