मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

इस्तियाक शाहले नरैनापुरमा विकासको बिगुल फुके - उपेन्द्र यादव

महमूद आलम खान 1133+ समाचार ( )
आफु नरैनापुरमा आएको बेला आउन ८ घण्टा लागेको स्मरण गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले यस पटक ४५ मिनेटमा पुग्दा बिकास आफैले आफ्नो परिचय गराएको बताउनुभयो। जसपाका उम्मेदवार विजयी भएपछि विकासको क्रान्ति भएको उहाँले जनाउनुभयो ।
२५ मंगशिर २०७८, शनिबार

नरैनापुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नरैनापुरको विकास गरेर देशमा नै उदहारणीय कार्य गरेको भन्दै गाउँपालिक  अध्यक्ष इस्तियाक अहमद शाहको खुलेर प्रशंसा गर्दै भन्नु भयो बाँकेमा दुई जना ईश्तियाक रहेसम्म बिकासले तिब्रता पाइरहने बताउनु भएको छ ।

उहाँले जबसम्म नेपालगञ्जमा मोहम्मद ईश्तियाक राई र नरैनापुरमा ईश्तियाक अहमद शाह जनताका प्रतिनिधि रहनेछन् तबसम्म बिकास निर्माणको गतिलाई कसैले रोक्न नसक्ने बताउनुभयो।

जिल्लाको दुर्गम मानिने नरैनापुरमा शनिबार आयोजना गरिएको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले फेरि पनि दुवै ईश्तियाकलाई जिताउन आग्रह गर्नुभयो।

केही वर्ष पहिले आफु नरैनापुरमा आएको बेला आउन ८ घण्टा लागेको स्मरण गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले यस पटक ४५ मिनेटमा पुग्दा बिकास आफैले आफ्नो परिचय गराएको बताउनुभयो। जसपाका उम्मेदवार विजयी भएपछि विकासको क्रान्ति भएको उहाँले जनाउनुभयो ।

मधेस आन्दोलन कै परिणाम स्वरूप आज मधेशका गाउँ गाउँमा बिकास पुगेको र सरकारी नौकरी लगायतमा समावेशी समानुपातिक सहभागिता मिलेको दाबी गर्नुभयो।

संघियतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको जनाउँदै उहाँले बिकास निर्माणका लागि प्रदेशहरुलाई स्वायत्त अधिकार दिनुपर्ने बताउनुभयो।

बिकास निर्माणमा समेत अत्यधिक भेदभाव गर्ने गरिएको जनाउँदै उहाँले बिकासको बजेट पनि जनसंख्या र आवश्यकताको आधारमा हुनुपर्ने बताउनुभयो।

जनता समाजवादी पार्टी सन्तुलित बिकास निर्माणको पछमा रहेको प्रष्ट पार्दै अध्यक्ष यादवले तराई पहाड र हिमाल मा समान बिकास हुनुपर्ने कुरामा जोड दिनुभयो।

जसपा नेपालको अस्तित्व रहेसम्म कुनै पनि तागतले गणतन्त्र र संघीयतालाई कसैले छुन नसक्ने बताउनुभयो।

सोही सभामा पुर्व मन्त्री तथा बाँके छेत्र नम्बर दुईका संघीय सांसद मोहम्मद ईश्तियाक राई, लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार निर्माण मन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय स्रिवास्तव, नरैनापुर गाउँ पालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राई लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।

सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर एक हजार पाँचसय जना जसपामा प्रवेश गरेको जसपा नरैनापुरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार