मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

बाँकेको डुडुवा ५ मा जैतुन ए.जी. चर्चको गाँउपालिका अध्यक्ष चौधरीले गरे उद्घाटन

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा गाँउपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा भएको चर्च उद्घाटन कार्यक्रममा वोल्दै चौधरीले धर्मको सार भनेको पाप नगर्न भएकाले आफ्नो तर्फवाट सबै धर्महरु समान रहेको वताउनु भयो ।
१३ चैत्र २०७८, आइतबार

बाँके ।  बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ डलैपुरमा रहेको जैतुन ए.जी. चर्चको नवनिर्मित भवनको गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ ।

डुडुवा गाँउपालिको २ लाख, गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरीको ५१ हजार, ए.जी. एन प्रदेश ५ बाट ६५ हजार, जैतुन ए.जी. चर्च परिवारबाट ७ लाख ९४ हजार ४ सय १४ रुपिया र जन श्रमदानबाट १ लाख ७ हजार ९ सय ४ रुपिया गरी जम्मा ३० लाख १८ हजार ३ सय १८ रुपियामा बनेकोे उक्त चर्चको गाँपालिका अध्यक्ष चौधरीले उदघाटन गर्नुभएको हो । 

डुडुवा गाँउपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा भएको चर्च उद्घाटन कार्यक्रममा वोल्दै चौधरीले धर्मको सार भनेको पाप नगर्न भएकाले आफ्नो तर्फवाट सबै धर्महरु समान रहेको वताउनु भयो । कुनै पनि धर्म सानो ठुलो उचो निचो नहुने बताउदै उहाँले कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको अधिकार भएकाले कसैले धर्म मानेकै आधारमा कसैलाई विभेद गर्न नहुने बताउनु भयो ।

 हिन्दु , क्रिश्चीयन , मुस्लिम , लगायतका धर्म मान्ने मान्छे डुडुवामा मिलेर बसोबास गरिरहेको र यहाँको मानिसहरु मिलेर बसिरहेको भन्दै सवैलाई डुडुवामा बस्ने विभिन्न धर्मावलम्वीहरुबाट पाठ सिक्न जरुरी रहेको बताउनु भयो । हिन्दुको घरम धार्मिक कार्यक्रम हुँदा क्रिश्चीयन पूग्ने , क्रिश्चियनको घरमा धार्मिक कार्यक्रम हुँदा हिन्दु पूग्ने परम्परा रहेको र यो संस्कारलाई अझ विस्तृत बनाएर जान जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरीले ख्रीष्टियन समुदायमा अति नै संवेदनशिल विषय अन्त्यष्टि संस्कारको निम्ति गाँउपालिका भित्र नै समाधिस्थलको व्यवस्था गर्न आफूले पहल गर्ने बताउनु भएको थियो । 

उहाँले गाँउपालिका भित्र रहेको सबै धार्मिक आस्थाको पहिचानलाई स्थापित गर्नका लागि सामाजिक सेवा कार्यमा सहकार्य गर्ने, व्यक्तिगत रुपमा सधै आर्थिक सहायता उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

चर्चका पास्टर लिले बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष चौधरीलाई फूलमाला र नेपाली टोपी लगाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै पास्टर बरालले डुडुवा गाँउपालिका अध्यक्ष चौधरीले चर्च निर्माणमा खेल्नु भएको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले चौधरीलाई डुडुवाका ख्रीष्टियन समुदायले सधै साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ख्रीष्टियन समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार