मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

चोरी मुद्दामा जाबिर हुसेन हल्वाई सहित २ जनाको नाममा पक्राउ पुर्जी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

बाँके । चोरी मुद्दामा फरार रहेका नेपालगंज ४  बस्ने प्रतिवादीहरु सहिद हुसेन हल्वाई र जाबिर हुसेन हल्वाईको नाममा बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

ढिलो गरी प्राप्त समाचार अनुसार २०७९ सालमा मोहम्मद सलाम हल्वाईको घरमा चोरी गरेको भन्दै बाँके जिल्ला अदालतमा २ जनाविरुद्ध चोरी मुद्दा दायर भएको थियो । सो मुद्दामा बाँके जिल्ला अदालतले २०८० भाद्र २४ गते अनुसूचि २२ बमोजिम सात दिने पक्राउ पुर्जी थान ४, अनुसूचि २३ बमोजिम थान १ र असूचि २५ बमोजिम ३५ दिने पक्राउ पुर्जी थान ६ जारी गरेको छ । 

चोरी मुद्दामा स्रोतका अनुसार जसपाका नेता समेत रहेका जाबिर हुसेन हल्वाई र अर्का प्रतिबादी सहिद हुसेन हल्वाई पक्राउ नपरेका कारण अदालतले उनीहरूको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

यो अवधिमा आरोपितहरू आफैं वा पक्राउ पुर्जीबमोजिम पक्राउ परेर अदालतमा हाजिर हुन गएको खण्डमा उनीहरूको बेहोरा बुझी कानूनबमोजिम कारबाई हुने अन्यथा सो अवधिमा अदालतमा हाजिर नभएको खण्डमा कानूनबमोजिम हुने र त्यसको उजूर गर्न नपाउने अदालतले जारी गरेको पक्राउ पुर्जीमा उल्लेख छ ।

युथ टुडे संग कुरागर्दै जाहेरवाला मोहम्मद सलाम हल्वाईले भने, राजनितिक संरक्षणमा प्रहरीले प्रतिबादीहरुलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाउदै उनले चोरी जस्तो सम्बेदनशील मुद्दामा पक्राउ पुर्जी जारी हुदाँ समेत खुलेआम घुम्ने जाबिर हुसेन हल्वाईका कारण आफनो परिवार त्रासित रहेकोले अविलम्ब पक्राउ गरी आफूलाई न्याय दिन सम्बन्धीत निकाय संग माग गर्नु भयो । यता बाँके प्रहरीले प्रतिबादीहरु फरार रहेकोले खोजी कार्य जारी रहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार