मुख्य समाचार
घरेलु तथा साना उद्योगको पहलमा लियानाले सुरु गर्यो ३९० घण्टे कुक तालिम | “सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम |

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

यूथ टुडे समाचारदाता 2980+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। आइतबार कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न पाउनुपर्ने माग गरे पनि अदालतले ४ दिनको मात्रै अनुमति दिएको हो। जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार अदालत लगिएको हो।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

लामिछानेलाई काठमाडौँ, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार