मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
१५ वैशाख २०८३, मङ्गलबार

बाँके । बाँके जिल्लामा पहिलोपटक जानकी गाउँपालिका–१ बढैयालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा’ घोषणा गरिएको छ। मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक दल बहादुर रानाले वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै यसलाई बाँके जिल्लाकै ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । नेपाल सरकारले जारी गरेको ‘पूर्ण खोप सुनिश्चितता निर्देशिका (तेस्रो संशोधन–२०७७)’ अनुसार आवश्यक सबै मापदण्ड पूरा गरेपछि वडाले यो मान्यता प्राप्त गरेको स्वास्थ्य चौकी इन्चार्ज मोहम्मद साहिल कादरीले जानकारी दिनु भयो ।

निर्देशिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप सुनिश्चित गर्नुका साथै १६ देखि २३ महिनासम्मका छुटेका बालबालिकालाई खोजी–खोजी खोप लगाइ समयमै मात्रा पूरा गरिएपछि मात्र यस्तो घोषणा गर्न मिल्ने प्रावधान रहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका अन्य वडाहरूले अझै यो मापदण्ड पूरा गर्न नसकेको अवस्थामा जानकी–१ ले अग्रणी भूमिका निर्वाह गर्दै नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

घोषणा कार्यक्रममा वडा अध्यक्ष मोहम्मद रेजा राई, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । 

सरकारको नीति अनुसार वडा, स्थानीय तह, जिल्ला हुँदै प्रदेश र अन्ततः देशलाई नै ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना’ घोषणा गर्ने लक्ष्य लिइएको छ। सोही अभियानअन्तर्गत बाँके जिल्लाले यस वर्ष जानकी–१ बाट औपचारिक सुरुवात गरेको हो ।

यो उपलब्धिले खोपप्रति जनचेतना वृद्धि गर्नुका साथै बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, अन्य वडाहरूलाई पनि शीघ्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार