मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

योग समितिमा पुनः डा भट्टराई निर्वाचित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
११ जेठ २०८३, सोमबार

बाँके । योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु एवं आयुर्वेदाचार्य डा गिरिराज भट्टराई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

योग समिति नेपालगञ्जले स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न गर्दै उनलाई अध्यक्षमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिवमा टङ्क पौडेल, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा अनिता श्रेष्ठ तथा सह–कोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा प्रेम केसी, सविता शर्मा, प्रमोद अग्रवाल, मोतिराम वली, डा दिनेश कुमार चौधरी, ताराप्रसाद अधिकारी र रामचन्द्र तिवारी छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगले मानिसलाई शारीरिक रूपमा सशक्त बनाउने बताउँदै स्वस्थ समाज निर्माणका लागि योग अपरिहार्य रहेको धारणा व्यक्त गरे।

नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का अध्यक्ष मनोज श्रेष्ठले नियमित योगाभ्यासले अनुशासित, सकारात्मक र स्वस्थ नागरिक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली, व्यस्तता र तनावका कारण बढ्दै गइरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको बताए।

कार्यक्रममा पत्रकारितामार्फत योग तथा स्वास्थ्य चेतना फैलाउन योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलाई सम्मान गरिएको थियो।

समितिकी उपाध्यक्ष लोकमाया सुवेदीका अनुसार हाल योग समिति नेपालका बाँके, बर्दियालगायत विभिन्न जिल्लामा गरी ५८ केन्द्र सञ्चालनमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार