मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

बाँके । बालबालिकाको स्वास्थ्य, शिक्षा र अधिकार सुदृढीकरणका उद्देश्यले बाँकेको नरैनापुर गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास मञ्च (SDF) ले व्यापक कार्यक्रम सुरु गरेको छ।

यस सम्बन्धमा आयोजित परियोजनाको परिचयात्मक कार्यक्रममा वक्ताहरूले नरैनापुरका बालबालिका अहिले पनि कुपोषण, बालश्रम, बालविवाह, हिंसा र लागुऔषध दुव्र्यसनजस्ता समस्यामा फसेका कारण उनीहरूको भविष्य संकटमा परेको बताए।

प्रयोजन संयोजक भिम सार्कीका अनुसार, नरैनापुरका बालबालिकाहरूलाई पोषणयुक्त आहार नपाउँदा स्वास्थ्यमा समस्या देखिएको छ भने विद्यालयमा अध्ययन गर्ने वातावरण पनि प्रभावकारी छैन। समुदायमा अझै विद्यमान हानिकारक परम्परागत अभ्यासका कारण बालबालिकाको अधिकारमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो।

कार्यक्रमका क्रममा वल्र्ड भिजनका फोकल पर्सन तिलकले गाउँपालिकाको सहकार्यमा ६ महिनाको अवधिमा १ करोड ५ लाख १ हजार ८ सय ८८ रुपैयाँ खर्च गरी बालमैत्री गतिविधिहरू सञ्चालन गरिने जानकारी दिनुभयो।

परियोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुर दुर्गम अवस्थाबाट सुगमतर्फ अघि बढ्दै गरेकाले अब स्थानीय समस्या समाधानका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले दातृ निकायहरूसँग हातेमालो गर्दै पालिकाले बालबालिकाको स्वास्थ्य, शिक्षा र संरक्षणका क्षेत्रमा ठोस परिणाम ल्याउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, सहायक प्रमुख प्रशासकीय अधिकृत भरत महतो, महिला विकास अधिकृत कृष्णा चन्द्र, पालिका प्रशासन प्रमुख एंव सुचना अधिकारी लक्ष्मीकान्त मिश्रा, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, वडा नं १ का सचिव बिनोद चौधरी, आयुर्वेद शाखा प्रमुख, कृषि शाखाका प्राबिधिक, SDF का बृजेन्द्र यादव तथा बाल सञ्जाल नरैनापुरकी अध्यक्ष आमना भाटलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “बालबालिकालाई हिंसा, कुपोषण र अशिक्षाबाट मुक्त गरौँ, उनीहरूको अधिकार सुनिश्चित गरौँ” भन्ने संयुक्त प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार