मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

बाँके जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
५ असार २०८२, बिहीबार

बाँके । बाँके जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज बिहीवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नु भयो ।

खोप लिन छुटेका ६४६ जना बालबालिकालाई खोप उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा जन्मेदेखि १५ महिनासम्मका १२ हजार ९३७ र १६ महिनादेखि २३ महिनासम्मका ९ हजार ५१३ जनालाई नियमित खोप प्राप्त गरेका छन।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले बालबालिकाहरुलाई विभिन्न रोगबाट जोगाउन नियमित खोप महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

खोप घोषणा गर्ने काममा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नरैनापुर गाउँपालिका ६ मा रहेको स्वास्थ्य संस्थालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सुशिला नेपालीले पूर्ण खोप दिगोपनालाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने जिकिर गर्नुभयो । यस्तै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याएर शिशु मृत्युदर न्यूनीकरणमा जोड दिनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट,नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, भेरी अस्पतालला प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार