मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

गृहमन्त्री रवि लामिछानेका कारण प्रहरी अधिकारी लज्जित

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ नगरेको विषयमा प्रहरीमाथि दोष दिएर उम्कन खोजेपछि प्रहरी अधिकारीहरू लज्जित भएका हुन् । पूर्व प्रहरी अधिकारीले त लामिछानेको कार्यशैलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।
१० माघ २०७९, मङ्गलबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण प्रहरी अधिकारी लज्जित मात्र भएका छैनन्, संगठनको मनोबल समेत खस्किएको छ । एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ नगरेको विषयमा प्रहरीमाथि दोष दिएर उम्कन खोजेपछि प्रहरी अधिकारीहरू लज्जित भएका हुन् । पूर्व प्रहरी अधिकारीले त लामिछानेको कार्यशैलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

गृहमन्त्री जस्तो व्यक्ति सस्तो लोकप्रियताको पछि लाग्दा उनलाई ‘ब्याकफायर’ भएको हो । प्रहरीलाई पटक–पटक मौखिक निर्देशन दिदा पनि पक्राउ नगरेको भन्दै गृह मन्त्रालयले गत शुक्रबार प्रेस विज्ञप्ति निकाल्यो । त्यही दिन प्रहरीलाई फेरि लिखित निर्देशनसमेत दियो ।

आफूले पटक पटक भन्दा पनि प्रहरीले नटेरेको भनेर त्यसरी गृह मन्त्रालयले विज्ञप्ति निकालेको देखेर प्रहरी अधिकारी नै छक्क परेका छन् । गृहमन्त्रीले यसरी नौंटकी गरेको प्रहरी अधिकारी बताउँछन् । किनकि फरार अभियुक्त पक्राउ गर्न गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिनै नै होइन । अर्काेतर्फ विज्ञप्ति निकालेर प्रहरीलाई नै ध्यानाकर्षण गर्नु अर्काे अनौठो विषय थियो ।

पूर्व प्रहरी अधिकारीले त गृहमन्त्री लामिछानेको यस्तो कार्यशैलीप्रति आक्रोश नै व्यक्त गरेका छन् । गणेश केसी, उत्तम कार्की लगायतले यस्तो अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । गृहमन्त्रीको आदेश प्रहरीले नमानेमा प्रहरीमाथि कारबाही गर्नुपर्ने नत्र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पूर्व प्रहरी अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार एमाले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई प्रष्ट आदेश छैन । ठूलो दलको सांसद भएकाले उनलाई पक्राउ नगर्न राजनीतिक तहबाट प्रहरीमाथि दबाब छ । महतो एमाले नेताकै गाडी चढेर संसद जाने गरेका थिए । उनको बारेमा सूचना पाएर पनि केपी ओलीको दबाबका कारण प्रहरीले पक्राउ गर्न नसकेको स्रोत बताउँछ । महतो प्रहरीकै हत्या मुद्दाका फरार अभियुक्त हुन् ।

गृहले पक्राउ गर्न लिखित निर्देशन दिएपछि महतो भूमिगत बनेका छन् । महतोको घटना प्रहरी र गृहमन्त्री दुवैका लागि परीक्षाको विषय बनेको छ । तर, गृह मन्त्रालयको अपरिपक्कताले गृह मन्त्री र प्रहरीबीच भने सम्बन्ध चिसिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार