मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

बिद्यालय नहुदाँ बार्डर चौफरीका बालबालबालिका आधारभूत शिक्षाबाट बन्चीत

महमूद आलम खान 1133+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

बाँके ८ कार्तिक । बिद्यालय नहुदाँ भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाँउपालिकाको वडा न. १ बार्डर चौफेरीमा विद्यालय स्थापना हुन नसक्दा त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

बाढीबाट बिस्थापित भएर २०७१ सालमा कुडुवाबाट बार्डर चौफेरीमा आएका ४२ घर परिवार राज्यको आधारभूत सेवाबाट बन्चीत रहेका छन् । गाँउमा विद्यालय नभएपछि बालबालिकालाई पढ्नका लागि नजिकै रहेको भारतको कुदरबेटवा पढाउन बाध्यरहेको प्रेम नारायण यादवले बताउनु भयो । 

उहाँले भन्नुभयो गाँउमा बिद्यालय भइदिएको भए ७० जना भन्दा बढी बालबालिकाहरु सहज रुपमा शिक्षा लिन पाउने थिए । उहाँले भन्नुभयो“आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।”

बार्डर चौफेरी क्षेत्रमा विद्यालय नहुँदा केही बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । भने केही बालबालिकाहरु घरको चुलोचौको गरेर बस्न बाध्यरहेको महिला स्वयंसेवीका मिरा यादवले बताउनु भयो । उहाँले भन्नुभयो, यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको जिकिर गर्नु भयो । मिराले भन्नुभयो, सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गर्दै भन्नुभयो, स्थानीय तहको पुनर्संरचनापछि सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि डुडुवा– १ बार्डर चौफरीमा अहिलेसम्म राज्यको कुनै पनि सेवासुविधा नपाएको दुःखेसो पोख्नुभयो ।   

आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्छन् भने नेपाल सरकारका हरेक वर्षका नीति तथा कार्यक्रममा यी विषयप्रतिको प्रतिबद्धता छुट्दैनन् तर स्रोत साधन र पूवार्धारको अपर्याप्तताका कारण यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

धारा ३१ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने ।’ उल्लेख भए पनि बाँकेको डुडुवा गाँउपालिका १ का स्थानीयहरु शिक्षाको पहँचमा पुग्न पाएका छैन्न । 

वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मीले बिकट क्षेत्रमा सरकारी विद्यालयको स्थापना गर्ने आफनो चुनावी घोषणा पत्रमा उल्लेख गरेको बताउदै उहाँले भन्नुभयो, राजनिति प्रतिष्प्रधाका कारण उक्त ठाँउमा बिद्यालय स्थापना गर्न सकेको बताउनु भयो । कुर्मीले आफनो कार्यकालमा बिद्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

बिडम्बना स्थानीय तहको प्राथमिकता सडकमा मात्र केन्द्रित देखिन्छ भने प्रदेश र संघ सरकारले विद्यालय तहसम्म पुगेर समस्याको पहिचान, योजना निर्माण र उचित लगानी गर्न सकेको देखिँदैन ।

त्यसैले शैक्षिक सुधार, विद्यालयबाट विद्यार्थीले बीचैबाट कक्षा छाड्ने समस्या,बाल विवाहलगायतका जटिल समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले ध्यान दिन जरुरी छ । copy Radio Nepal

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार