मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |
मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |


कोहलपुरमा बसाइँसराइ गरेर आउनेको संख्यामा बृद्धि

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

बाँके । बाँके जिल्लाका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएको पाइएको छ ।

आर्थिक वर्ष २०८०-०८१ को तथ्याङ्क अनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३९ परिवार बाँके आएका छन् । २०३९ परिवारका ६११० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी ९१८ परिवारका २६४८ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् । 

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि नेपालगन्ज, बैजनाथ र खजुरा रहेको छ । कोहलपुरमा गत आर्थिक वर्षमा ७६१ परिवारका २१६४ जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वर्षमा २५४ परिवारका ६९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५३३ परिवारका १६७८ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

बैजनाथमा गत आवमा ३६६ परिवारका ११५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४०० सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख राजेन्द्रकुमार वर्माका अनुसार खजुरामा २४४ परिवारका ७३३ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा ९७ परिवारका २८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

डुडुवा गाउँपालिकामा गत आवमा बसाइँ सरेर कोही पनि नआएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराती (कुर्मी)ले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आवमा ४ परिवारका १६ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् । 

जानकी गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर राजीव चौधरीका अनुसार गत आवमा १ परिवारका ४ जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् ।

नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९-०८० मा कोहलपुरमा १३३६ परिवारका ४०७४ जना, नेपालगन्जमा ९२५ परिवारका ३०१५ जना, बैजनाथमा ५३५ परिवारका १८७४ जना, खजुरामा ३५४ परिवारका ११७६ जना, राप्तीसोनारीमा २५७ परिवारका ७८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३४२९ परिवारका ११००७ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए । 

त्यसैगरी कोहलपुरबाट ५२८ परिवारका १६१३ जना, नेपालगन्जबाट ५२२ परिवारका १५९५ जना, बैजनाथबाट २३७ परिवारका ७५० जना, खजुराबाट २१४ परिवारका ७२५ जना, राप्तीसोनारीबाट १७७ परिवारका ५७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १७०४ परिवारका ५३६६ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ । 

आर्थिक वर्ष २०७९-०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३४२९ परिवारका ११००७ जना सदस्य जिल्लामा बसाइँसराइ गरेर आएका थिए भने १७०४ परिवारका ५३६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँसरेर गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार