मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

रेसुङ्गा महापोखरीमा मानसरोको जल

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
३ असार २०८२, मङ्गलबार

गुल्म । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा अवस्थित महापोखरी र रामकुवामा मानसरोवरबाट ल्याइएको शिला तथा जल मिश्रित गरिएको छ। 

रेसुङ्गा नगरपालिका–३ निवासी पूर्व कृषि विकास बैंकका (जिएम) समेत रहनुभएका कृष्णबहादुर कुँवरले मानसरोवरबाट ल्याउनुभएको जल तथा शिला रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण गर्नुभएको हो।

उक्त जललाई संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बराह अवतारको समय बराह अवतारबाट खनिएको भन्ने किंवदन्ती रहेको सिद्धपोखरी अर्थात् महापोखरीमा जल प्रवाह गराउनुभयो। आफैमा शुद्ध र पवित्र रहँदा रहँदै पनि मानसरोवरबाट ल्याइएको जल समाहित गरी अझ पवित्र बनाइएको हो।

आर्थिक तथा शारीरिक दृष्टिकोणबाट मानसरोवर जान नसक्ने तीर्थालुका लागि मनसरोवरमा स्नान गरे जत्तिकै फल प्राप्त होस् भन्ने उद्देश्यले महापोखरीमा पनि मानसरोवरको जल समावेश गरिएको उहाँले बताउनुभयो। 

रेसुङ्गा महापोखरी र रामकुवामा हालै संरक्षण समितिका सदस्य गौशाला व्यवस्थापन समितिका संयोजक पुष्कर पन्थीद्वारा चारधाम मध्येको गंगोत्तरी, जमुनोत्तरी तथा बद्री केदारबाट ल्याइएका जललाई पनि मिश्रण गरिएको छ।

मानसरोवर गएर जल तथा शिला लिएर आउनुभएका कुँवर र विभिन्न धाममा पुगी जल लिएर आउनुभएका पन्थीलाई संरक्षण समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। मानसरोवरबाट ल्याइएको शिलालाई यज्ञकुण्डमाराखी शालिग्रामका रुपमा पुजा गरिने समेत अध्यक्ष भुसालले बताउनुभयो। जल विधिवत रुपमा प्रवाह गरिएको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार