मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

पत्रकार आशिष मल्ल ठकुरीलाई “सामाजिक उत्तरदायित्व पत्रकारिता पुरस्कार–२०८२” प्रदान

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

नेपालगञ्ज । सत्य, निष्पक्षता र उत्तरदायित्वपूर्ण पत्रकारिताको निरन्तर अभ्यास गर्दै जनसेवा र मानव अधिकारमैत्री कार्यमा अग्रसर पत्रकार आशिष मल्ल ठकुरीलाई “सामाजिक उत्तरदायित्व पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले आयोजना गरेको “सद्भाव, सुशासन र सम्मान : मानव अधिकारमैत्री समाजतर्फको यात्रा” विषयक संवाद कार्यक्रम तथा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको विदाई समारोहका अवसरमा ठकुरीलाई सम्मान गरिएको हो ।

पुरस्कार केन्द्रका अध्यक्ष आलम खानको उपस्थितिमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पूर्वमन्त्री सर्वदेव ओझा र राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी प्रमुख द्धारीका अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

ठकुरीले जेन–जी आन्दोलनपश्चात जमुनाह प्रहरी चौकी तथा ट्राफिक प्रहरी चौकीको मर्मत–सम्भार गरी पुनः सञ्चालनमा ल्याउने कार्यमार्फत सामाजिक नेतृत्व र उत्तरदायित्वपूर्ण नागरिक भावनाको उदाहरण प्रस्तुत गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका अनुसार ठकुरीको जिम्मेवार पत्रकारिता, सकारात्मक दृष्टिकोण र समुदायमाथिको समर्पणले समाजमा मानवता, सहअस्तित्व र सुशासनको सन्देश फैलाउन उल्लेखनीय योगदान पुर्‍याएको छ ।

केन्द्रले उहाँको प्रेरणादायी कार्यप्रति गहिरो सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र प्रेरक पत्रकारिताको यात्रा जारी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार