मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
आज (बिहीबार) राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने– ‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ ।’
१८ फाल्गुन २०७९, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु गर्ने बताएका छन् ।

आज (बिहीबार) राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने– ‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ ।’

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका विषयमा राखेको मत र अडानले सँगै बस्न नसक्ने अवस्था आएको बताए । उनले भने– ‘मलाई प्रधानमन्त्री केपीजीले नै बनाउनुभएको हो । तर, विश्वासको मत लिएकै दिन उहाँका अभिव्यक्तिले मन चसक्क बनाएको थियो, हिजो संसद् विघटनविरुद्ध लडेको मेरा लागि आज संसद् विघटन ठिक थियो भन्दै बस्न सक्ने अवस्था थिएन त्यसैले मैले पुरानो गठबन्धनलाई निरन्तरता दिँदै संविधान र लोकतन्त्रका लागि काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे ।’

उनले ओलीसँग अन्तिम दिन पनि रामचन्द्र पौडेललाई प्रस्ताव गरेर सहमतिको राजनीति सुरुवात गरौ भन्दा पनि तयार नभएको बताएका थिए । उनले भेन, ‘अहिलेका राष्ट्रपतिबाट तितो अनुभव छ । रामचन्द्रजी संसद् विघटनविरुद्ध लडेको व्यक्ति हो, राष्ट्रपतिको संस्थाको गरिमा बढाउन उहाँले योगदान गर्न सक्नुहुन्छ । संविधानको भावना र राष्ट्रपति पदको मर्यादा रामचन्द्रजीले बुझ्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

आठ दलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी पनि गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार