मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

ई–रिक्सा नष्ट प्रकरण: नेपालगञ्जका मेयर बिष्टले मागे माफी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२५ पौष २०८०, बुधवार

बाँके । लिलाम प्रक्रियामा नलगेर एक्जाभेटर मार्फत ई–रिक्सा नष्ट गरेको सर्वत्र विरोध भएपछि नेपालगन्जका मेयर प्रशान्त विष्टले सार्वजनिक रुपमा माफी मागेका छन् । नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सर्वसाधारण नागरिकले समेत नष्ट गर्ने विधि गलत भएको भन्दै आलोचना गरेपछि मेयर विष्टले पत्रकारमाझ माफी मागेका हुन् ।

ई–रिक्साको बारेमा जानकारी दिन बुधवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा मेयर विष्टले अवैध ई–रिक्सा ब्यवस्थापनमा उपमहानगरले सवै प्रक्रिया पूरा गरे पनि नष्ट गर्ने विधि गलत भएको स्विकार गरे । ‘अन्य प्रक्रियाबाट नष्ट गरेको भए उत्तम हुने थियो । प्रक्रिया पूरा भए पनि नष्ट गर्ने विधि गलत भएको महशुस भएको छ,’ उनले भने ।

उनले नेपालगन्जमा संचालनमा रहेका ९० प्रशित ई–रिक्सा अवैध रुपमा संचालनमा रहेको बताए । ‘अधिकांश रिक्साको कागजात छैन । कागजात भएकाहरुसँग चालक अनुमति पत्र छैन,’ उनले भने, ‘यहाँका ९० प्रतिशत ई–रिक्सा अवैध छन् ।’

पत्रकार सम्मेलनमा उनले अवैध रुपमा संचालनमा आएका ६ सय ३१ वटा ई–रिक्सा नियन्त्रणमा लिइएकोमा पाँच सय ५५ जना रिक्सा धनीले प्रक्रिया पूरा गरि फिर्ता लिएको जानकारी दिए । ‘अझैँ ७६ वटा ई–रिक्सा नियन्त्रणमा छन् । ति मध्ये २८ वटा पूर्ण अवैध भएको पुष्टि भएको छ,’ उनले भने, ‘यी २८ मध्ये बुधवार पाँच वटा ई–रिक्सालाई एक्जाभेटर मार्फत नष्ट गरिएको छ । 

अवैध रिक्सा नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाउन सवै प्रक्रिया पूरा गरयौँ, तर एक्जाभेटर लगाएर नष्ट गर्ने कार्य गलत भएको महशुस गरेका छौँ ।’

उनले चेसिस नभएका, वेल्डिङ गरेका, भन्सारको कागजात नभएको, विलविजक नभएका, कहिँकतैबाट बैध सावित नहुने ई–रिक्सा पुनः प्रयोग नगर्ने गरि फिर्ता गर्ने प्रक्रिया अगाडी बढेको मेयर विष्टले बताए । उनले ई–रिक्सा ब्यवस्थापन तथा नियमन गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे । ‘ई–रिक्सालाई कानुनी दायरामा ल्याउन उपमहानगर क्रियाशील छ । कसैको दवाव र प्रभावमा परिने छैन । यसको ब्यवस्थापनमा कुनै कसर बाँकी राखिने छैन,’ उनले भने ।

उता, रिक्सा चालकहरुले उपमहानगरले माग सुनुवाई नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनीहरुले माग प्रति बेवास्ता गरिए रिक्सा संचालन ठप्प पारेर सवै रिक्सा मेयर र उपमेयरलाई बुझाउने चेतावनी दिएका छन् । ‘माग प्रति बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिन्छौँ । सवै रिक्सा उपमहानगरलाई बुझाएर रिक्सा संचालन ठप्प पार्ने छौँ,’ रिक्सा ब्यवसायी सलामत अलिले भने । स्रोत खोजखबर

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार