मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

साउदीमा ८१ जनालाई मृत्युदण्डको सजाय

महमूद आलम खान 1133+ समाचार ( )
साउदी सरकारले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको हो
२८ फाल्गुन २०७८, शनिबार

एजेन्सी । साउदी अरबले शनिबार ८१ जनालाई मृत्युदण्डको सजाय दिएको छ ।

साउदी सरकारले आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको हो । उक्त राज्यले गत वर्ष दिएको मृत्युदण्डको कूल संख्याभन्दा बढी एकै दिन ठूलो संख्यामा यस्तो सजाय दिएको छ । उनीहरूलाई घोर अपराधको दोषि ठहर गर्दै मृत्युदण्ड दिइएको साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए) ले जनाएको छ ।

एसपीएका अनुसार उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरूसहित ‘आतंकवादी संगठनहरू’ मा आबद्ध हुन् । उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निशाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा उल्लेख गरिएको जनाइएको छ ।

८१ जनामध्ये ७३ साउदी नागरिक, सात यमनी र एक सिरियाली नागरिक छन् । मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा चलाइएकोे र प्रत्येक व्यक्तिका लागि तीन अलग–अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका एसपीएको समाचारमा उल्लेख छ ।

तेलका लागि विश्वकै धनी खाडी मुलुकमा मृत्युदण्डको दर विश्वकै सबैभन्दा धेरै छ । शनिबारको फैसलाले एक दिनमा राज्यमा यस पहिले उच्च रेकर्ड गरिएको सबैभन्दा धेरै मृत्युदण्ड र सन् २०२१ को कूल ६९ मृत्युदण्डलाई पनि पछि पारेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार