मुख्य समाचार
जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा |
मुख्य समाचार
जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा |

बाँकेमा प्राविधिक शिक्षामा महिलाको आकर्षण बढ्दो
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन

यूथ टुडे समाचारदाता 3415+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

बाँके । पछिल्लो समय नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । अध्ययनपछि छिटो रोजगारीको अवसर प्राप्त हुने र जीवनोपयोगी सीप आर्जन गर्न सकिने भएकाले विद्यार्थीहरूको पहिलो रोजाइ प्राविधिक शिक्षा बन्न थालेको हो । 

बाँके जिल्लामा वि.सं. २०५३ सालदेखि सञ्चालनमा रहेको सुष्मा कोईराला मेमोरियल क्याम्पस यस क्षेत्रमा प्राविधिक शिक्षा प्रदान गर्ने अग्रणी संस्थाका रूपमा स्थापित भएको छ । क्याम्पसका अनुसार हाल देशका विभिन्न भू–भागबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन् ।

क्याम्पस प्रशासन प्रमुख चन्दा शाहीका अनुसार दार्चुला, अछाम, बाजुरा, सुर्खेत, जाजरकोट, डडेलधुरा, जुम्ला लगायत ४० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि यहाँ आउने गरेका छन् । उहाँले बताउनुभया,“विद्यार्थीहरूको चाप बढ्दो छ, त्यसैले हामीले आरक्षणको व्यवस्था समेत गरेका छौं, जसले पहुँचमा केही सहजता ल्याएको छ ।,

आज नेपालगंजमा आयोजित एचए तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख रञ्जन ढुंगानाले तीन दशकको अवधिमा क्याम्पसले २ हजारभन्दा बढी दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये करिब ७० प्रतिशत विद्यार्थी सरकारी सेवामा प्रवेश गरेर कार्यरत रहेका छन् ।

“स्थापनाको सुरुवाती चरणमा प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको रुचि न्यून थियो, तर अहिले अवस्था फेरिएको छ,” ढुंगानाले भन्नुभयो, “हामीले शिक्षालाई अझ गुणस्तरीय बनाउन आधुनिक प्रविधिमा पनि जोड दिएका छौं ।”

बिदाइ कार्यक्रममा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन सुनारले प्राविधिक शिक्षा हासिल गरेका जनशक्ति देशका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

“आज तपाईंहरू केवल प्रमाणपत्र लिएर बाहिरिँदै हुनुहुन्न, समाजले आशा गरेको जिम्मेवार जनशक्तिका रूपमा अघि बढ्दै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “जहाँ जानुहुन्छ, त्यहाँ सेवाभावलाई पहिलो प्राथमिकतामा राख्नुस् ।”

भेरी प्राविधिक शिक्षालयका शिक्षक सन्जीव पूर्बेले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई स्मरण गराउँदै विद्यार्थीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।

“स्वास्थ्य सेवा केवल पेशा होइन, यो मानवीय सेवा हो,” उहाँले भन्नुभयो, “तपाईंहरूको एउटा निर्णयले कसैको जीवन बदलिन सक्छ, त्यसैले सधैं इमान्दारी र समर्पणका साथ काम गर्नुस् ।”

रेडियो नेपालका संवाददाता आलम खानले भन्नुभयो,“आजको बिदाइ अन्त्य होइन, नयाँ यात्राको सुरुवात हो ।,” उहाँले भन्नुभयो, “यहाँ सिकेको सीप र अनुशासनले तपाईंहरूलाई जहाँ पुगे पनि सफल बनाउनेछ ।”

कार्यक्रममा सुष्मा कोईराला मेमोरियल क्याम्पसकी संयोजक ललिता बस्नेतले विद्यार्थीहरूलाई जिम्मेवार र सेवामुखी बन्न आग्रह गर्नुभयो । “आज यहाँबाट बिदाइ हुँदै गर्दा हामी गर्व र भावनाले भरिएका छौं,” उहाँले भन्नुभयो, “तपाईंहरू केवल हाम्रो क्याम्पसका विद्यार्थी मात्र होइन, समाजका आशा र भरोसाको पात्र पनि हुनुहुन्छ ।”

उहाँले थप्नुभयो, “यहाँ सिकेका सीप, अनुशासन र मानवीय मूल्यलाई जीवनभर साथमा राख्नुस् । जहाँ पुग्नुहुन्छ, त्यहाँ आफ्नो कर्तव्यलाई इमान्दारीपूर्वक निभाउँदै सुष्मा क्याम्पसको पहिचानलाई अझ उजागर गर्नुहोस् ।”

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए भने शिक्षकहरूले समेत सहभागी भई विद्यार्थीहरूको मनोबल उच्च बनाएका थिए ।

एचए तेस्रो बर्षमा अध्ययनरत सन्तोष मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी समिक्षा थापा गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन एचए दोस्रो वर्षमा अध्ययनरत दिपिका शाही, आयुश रेग्मी, दिपीका थारु र कैलाश न्यौपानेले गर्नुभएको थियो ।

प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षणले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार