मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक- सभामुख

महमूद आलम खान 1133+ समाचार ( )
आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए ।
२ फाल्गुन २०७८, सोमबार

काठमाडौं । सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका विषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन् ।

सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफू सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन् ।

बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आ–आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए ।

उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । उनले भने, ‘मेरो भनाइ के हुन्छ भने म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’

आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उनको भनाइ थियो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए । उनले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताए । उनले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको बताए ।

सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार