मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
४ श्रावण २०८३, सोमबार

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उपस्थिति रहेको छ ।

साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् । काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।

धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् ।

साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भएपनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार