मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा ७० जनाले गरे रक्तदान

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
जन्मदिनलाई बिशेष बनाउन तथा सामाजिक कार्यमा सहयोग पुर्याउन जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ । योग गुरु भट्टराई तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवर्द्धनसिंह सम्झानाले संयुक्तरुपमा रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोइरालालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
९ असार २०८०, शनिबार

नेपालगन्ज । योग समिति नेपालका योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले रगत दिएका छन् ।

जन्मदिनलाई बिशेष बनाउन तथा सामाजिक कार्यमा सहयोग पुर्याउन जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ । योग गुरु भट्टराई तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवर्द्धनसिंह सम्झानाले संयुक्तरुपमा रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोइरालालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

जन्मोत्सवको अवसरमा रक्तदान समेत गरेका योग गुरु भट्टराईले स्वस्थ मानिसको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भई नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैले रक्तदान गरी समुदायका अन्य मानिसको ज्यान जोगाउन मद्दत पुर्याउन आवश्यक रहेको बताए । उनले तीन महिनामा स्वतः नष्ट हुने रगतलाई समयमै सदुपयोग गर्नका लागि रक्तदान गर्नु उत्तम हुने बताए ।

भेरी अस्पताल परिसरमा रहेको रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिएको योग प्रशिक्षक सुमित्रा सुबेदीले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार