मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

मुस्लिम धर्मशास्त्रका ज्ञाता शाहको निधनमा शोक मनाउन नरैनापुरमा आज सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

बाँके  । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका दाजु र वडा नं २ का अध्यक्ष मसुद अहमद शाहका काका  इतिहासविद् एवं मुस्लिम धर्मशास्त्रका ज्ञाता ( पिर) नरैनापुर गाउँपालिका वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले एक विज्ञप्तिमार्फत  मंसिर १० गते आइतबार (आज)  नरैनापुर गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यलयहरु तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गाउँपालिकाले कार्तिकपुर्णिमा असनान मेलाको अवसरमा समेत आज नै नरैनापुर गाउँपालिकाको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त बिज्ञप्तिमा भनिएको छ । 

दिवंगत मुस्ताक अहमद शाह नरैनापुरका लागि मात्र नभएर नेपाल र भारतमा धार्मिक सद्भावको सन्देश दिनुका साथै किशोरी शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । 

दिवंगत शाहलाई दैविय शक्ती प्राप्त रहेको भन्दै नेपाल र भारतका हजारौं भक्तजनहरूले आफ्नो मार्ग दर्शक मान्दै आएका थिए । उहाँको उपचारका क्रममा भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा गत बिहिबार राति निधन भएको थियो । भने शनिबार इस्लामिक परम्पराअनुसार उच्च सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार