मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपालगंज १९ को वडा अध्यक्षको उम्मेदवारी दिदै योगीले भने केजरिवाल मोडेलमा विकास गर्छु

महमूद आलम खान 1133+ समाचार ( )
माओबादी नेतृ मिला मल्ल पुनले ‘यो निर्वाचन अरूका लागि चुनाव मात्र होला, तर हाम्रा लागि जीवनमरणको विषय भएको बताईन ।
१२ वैशाख २०७९, सोमबार

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १९ मा माओबादी केन्द्रका तर्फबाट वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गरिएको छ । 

सोमवार वडा अध्यक्षमा शम्भुनाथ योगी सहित वडा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 

वडा अध्यक्ष योगीले आफूले नेपालगंज १९ लाई केजरिवाल मोडेलमा विकास गर्ने बताएका छन् । ‘भारत दिल्लीका मुख्यमन्त्री केजरिवालले जसरी सरकारी सेवा, स्वास्थ्य, शिक्षालाई माथि उठाए, म पनि त्यही मोडेलमा काम गर्छु,’ उनले भने । 

यस्तै उनले नेपालगंजको सबै वडामा माओबादी जित्ने दाबी पनि गरेका छन् । ‘हामी सिंह हौं, अरू स्याल हुन्,’ उनले भने, ‘हामीसँग जनता छन्, हामी जित्छौँ ।’

यसै गरी नेपालगंज २ मा पनि माओबादीले कस्मीरा खातुनलाई अध्यक्षको उम्मेदवार बनाएको छ । खातुनले नेपालगंज २ लाई व्यापारको हबको रुपमा स्थापना गर्नुका साथै शिक्षाको स्तरलाई माथि उठाउने सोचका साथ निर्वाचनमा होमिएको बताइन् । 

उनले जनताले साथ दिए वडालाई नमूना वडाको रुपमा विकास गरेर देखाउने दाबी समेत गरिन । महिलाले केही गर्न सक्दैन भन्ने मान्यतालाई छिछोल्दै नमूना काम गरेर देखाउने उदघोष गरिन । 

यसैगरी उम्मेदवारी दर्ता गराउन पुगेकी माओबादी नेतृ मिला मल्ल पुनले ‘यो निर्वाचन अरूका लागि चुनाव मात्र होला, तर हाम्रा लागि जीवनमरणको विषय भएको बताईन । हामी हार्दा देश हार्छ । अरू हार्दा देश जित्छ,’ उम्मेदवारहरुको मनोनयन दर्ता गराउन क्रमममा पत्रकारहरु संग पुनले भनिन, बाँकेमा गठबन्धनले धोखा दिएको बताउदै उनले ‘गठबन्धन संग अलग भएर आफ्नो खुट्टा बलियो बनाउनुस्,’ पुनले भनिन, ‘माओवादी जनयुद्धकै कारण संविधानमा समानुपातिक, समावेशिताको विषय उल्लेख गराउन सम्भव भएको हो । अहिले ती उपलब्धि उल्टाउने प्रतिक्रान्तिकारी र विदेशी शक्ति लागिपरेका छन । त्यसैले माओवादीलाई चुनावमा जिताउनैपर्छ ।’ डेढ–दुई महिनामा बाँकेलाई क्रान्तिकारीमय र माओवादीमय बनाउनुपर्ने उनको भनाइ थियो ।

वैशाख १३ बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते अपराह्न ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।

१६ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार