मुख्य समाचार
लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु | पत्रकार गुप्ताद्वय माथि आक्रमण, आक्रमण गर्नेहरु माथि कारवाही गर्न दबाब | अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न | क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित हुनुमा दोषी को ? | नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो | बंगलादेशसँग बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर | इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना | इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना | ‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु | दलित महिला संघ (फेडो) बाँकेबाट सम्पादक शाह सम्मानित |

कन्यश्वरी सामूदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धन सुरु

लुकमान खान 25+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

बाँके । पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीयस्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्न सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धन थालिएको छ ।

राप्तीसोनारी गाँउपालिका–५ मा कन्यश्वरी बन उपभोक्ता समितिले जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री एंव नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले ‘नमूना’ कन्यश्वरी बनमा विरुवा रोपेर पार्कको उदघाटन गर्दै उहाँले सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन हुनु राम्रो भएको बताउनु भयो । उहाँले “यस कार्यक्रमबाट पर्यापर्यटन प्रवद्र्धनसँगै वनको दिगो व्यवस्थापन र संरक्षणमा टेवा पुग्ने छ”, केसीले भन्नुभयोे, “स्थानीय उपभोक्तालाई उद्यमशील बन्न पनि यसले प्रेरित गर्ने छ ।”

“सामुदायिक वनलाई खाली घाँस, दाउरामा मात्र सीमित नगरेर नयाँ उद्यम र आम्दानीसँग जोड्नुपर्छ भन्ने मान्यतामा पर्या–पर्यटनको अवधारणा सुरु भएको हो”, पूर्व मन्त्री केसीले भन्नुभयो,“कार्यक्रमको प्रभावकारिता बढाउन स्थानीय उपभोक्तालाई पर्या–पर्यटनबारे अझै बुझाउनुपर्ने खाँचो छ, प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।”

वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्या–पर्यटनका गतिविधि सञ्चालन भइरहेको बन समितिका अध्यक्ष भगवानदत्त थारुले बताउनु भयो । राप्ती सोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा थारुले पर्या–पर्यटन प्रवद्र्धन सुरु भएपछि सामुदायिक वनमा आम्दानीको नयाँ बाटो खुल्ने बताउनु भयो ।

वन समितिका अध्यक्ष थारुले “पहिले सामुदायिक वनमा अन्य गतिविधि गर्न बन्देज थियो, अहिले पर्या–पर्यटन सञ्चालन भएपछि स्थानीय उपभोक्ता आयआर्जनमा जोडिएका छन्, वनमा आधारित नयाँ पर्यटकीय गन्तव्यको विकास भइरहेको छ”, उहाँले भन्नुभयो, “वन उद्यमसँगै पर्यटन प्रवद्र्धनका गतिविधि सुरु भएका छन्, यसबाट वन व्यवस्थापनमा पनि सहयोग पुग्ने छ ।”

सामुदायिक वनले आफनो आन्तरिक श्रोत र पूर्व मन्त्री केसीको सहयोगमा पर्या–पर्यटन व्यवसाय सञ्चालन गरेको अध्यक्ष थारुले बताउनु भयो । उहाँले भन्नुभयो“अहिले घुम्ने संस्कृति बढिरहेका बेला पर्या–पर्यटन पनि देशको समृद्धिका लागि एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ”, अध्यक्ष थारुले भन्नुभयो“पर्या–पर्यटनमा लगानी र क्षमता विकासमा राज्यले जोड दिनुपर्छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार