मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

हमास र इजरायललाई तत्त्काल युद्धविराम गर्न महासचिव गुटेरेसको आग्रह

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा आक्रमण तत्काल रोक्न इजरायलसँग अपिल गरेका छन् ।

गाजा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै उनले आक्रमण अपिल गरेका हुन् । आइतबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इजरायल र हमासबीच भइरहेको युद्धको चित्र प्रस्तुत गर्दै युद्धविरामको आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको छ । कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको छ । गाजाका मानिसहरुका लागि मानवीय सहयोगका लागि पनि युद्धविराम जरुरी छ ।’

उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरेका छन् । ‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु’ उनले भने । सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार